आरोहण शाह वीरगञ्ज,१३ पौष । बिशाल मेमोरियल फाउन्डेशनको वृहद सभा आज वीरगञ्जमा सम्पन्न भएको छ । रोयल पार्टी प्यालेशमा आयोजित भेलामा अगामी फागुन १७ बाट हुने विशाल गोल्डकप प्रतियोगीताको तेस्रो संकरणलाई भव्यताका साथ सफल बनाउनलाई निर्णय भएको हो ।
बिशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष अनिल कलवारको अध्यक्ष्तामा भएको भेलाबाट विशाल गोल्डकप प्रतियोगीता सफल बनाउनका लागी ६ वटा विभिन्न समितिहरु पनि गठन भएको छ ।
नवगठित प्रचार प्रसार समितिको संयोजक पंकज श्रेष्ठ ,आर्थिक समितिको संयोजकमा अनिल कलवार,फिल्ड व्यवस्थापन समितिको संयोजकमा मनोज भटट्राई ,अतिथि सत्कार समितिको संयोजकमा सुलभजंग राणा ,रेफ्री समितिको संयोजकमा गजेन्द्रमान सिंह ,लेखा समितिको संयोजकमा मुकेश सिंह चयन भएका छन ।
वृहद भेलामा बिशाल मेमोरियल फाउन्डेशनका उपाध्यक्ष पंकज श्रेष्ठ ,महम्द निजामुदिन हवारी , सचिव विनोद परीवार , फाउन्डेशनका शुलभजंग राणा, जिल्ला खेलकुद बिकाश समिति पर्साका अध्यक्ष निशान्त लामिछाने , संचारकर्मी पंकज श्रेष्ठ , सफल खतिवडा , तिवारी यादव , आरोहण साह लगायतको उपस्थिति रहेको थियो ।