म नेता
तर, नेता खोजिरहेको छु
म कार्यकर्ता
तर, कार्यकर्ता खोजिरहेको छु
म एक सचेत नागरिक
तर, पनि सचेत नागरिक खोजिरहेको छु
किनभने खडेरिले भरेको छ समाज
हाहाकारले मचिएको छ देश ।
त्यसैले म खोजिरहेको छु
अन्धकार कोठाभित्र
एक असल नागरिक
एक असल नेता
अनि असल कार्यकर्ता
जसको खडेरीमा मुलुक छटपटिरहेको छ
नागरिक तड्पिरहेको छ ।
समाज एकपटक होइन
पटकपटक ठगिदै आएको छ
त्यसैले म त्यतिकै
कुनै कार्यक्रममा उपस्थित छैन्
म हेरिएको छु र,
भोगिरहेको छु
अपमान सहेर पनि
किनभने यतिवेला
मलाई अपमान मनपर्छ ।
त्यसैले म फेरि पनि
खोजिरहेको छु
यो आँखाभित्र असल नेता
असल कार्यकर्ता
असल नागरिक
अनि असल राष्ट्रिय नेता ।
२०७६ । ८ र ४ विभेद