खेलकुद

ब्याडमिन्टनबाट कास्य पदक पाउने : १३ औं साग

पोखरा १५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनमा नेपालले महिला र पुरुष टिम इभेन्टमा कम्तिमा कास्य जित्ने पक्का भएको छ।

पोखरा रंगशालाको कबर्ड हलमा भएको पुरुष टिम इभेन्टमा नेपालले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

नेपालका रत्नजित तामाङले भुटानका अनिश गुरुङलाई २१-६ र २१-९ ल‍े, दिपेश धामीले नैदुप दोर्जेलाई २१-१३, २१-१४ र प्रिन्स दाहालले नोर्बु ड्रढुललाई २१-१२, २१- ५ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे।

महिला टिममा नेपालले बंगलादेशलाई हरायो। नेपाली टिममा रहेकी नङ्सलदेवी तामाङले साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ ले, रसिला महर्जनले एलिना सुल्तानालाई २८-२६ र २१-१९ ले र जेशिका गुरुङले विस्त्री खातुनलाई २१-१८ र २२-२० ले हराएपछि नेपालले अन्तिम चारमा स्थान पक्का गर्‍यो।

सेमिफाइनलमा पराजित भएमा पनि कास्य पदक पाउनेछ। सेतो पाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।