काठमाडौं ११ मंसिर, । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् । पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।
