खेलकुद

पाकिस्तानले भारतमाथि रोमाञ्चक जित पाकिस्तान फाइनलमा

काठमाडौं ४ मंसिर। इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई हराएको छ र फाइनलमा स्थान पक्का गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

तर पहिलेा बलमा एक रन दिएका अमद बटले दोस्रो बलमा शिवम माभीको विकेट दिए भो तोस्रो बलमा रन नै दिएनन् । त्यसपछि लगातार एक रन दिएर, जम्मा ४ रनमा बनायो ।

ढाकामा २७६ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो । भारतलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।भारतका सनभिर सिंहले ७६ रन बनाएका थिए । कप्तान बीआर शरथले ४७ र अर्मन जाफरले ४६ रन जोडे ।पाकिस्तानका मोहम्मद हसन र शैफ बदरले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २६७ रन बनाएको थियो । पाकिस्तानको सुरुवात राम्रो थियो । ओपनर ओमार युसुफ र हैदर अली खानले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे ।

खान ४३ रनमा आउट भए । युसुफ ६६ रनमा आउट भए । यस्तै सैफ बदरले ४७ रन बनाए ।अब पाकिस्तानले उपाधिका लागि अफगानिस्तान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।