• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर सार्वजनिक रुपमा ट्रम्पकाे ट्वीट

नेपाल पोस्ट दैनिक
    November 16, 2019  मा प्रकाशित

Spread the love
      

न्युयाेर्क, ३० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा हाल सार्वजनिक रुपमा सुनुवाई भएकाे छ ।

आफू विरुद्ध सार्वजनिक सुनुवाईमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् ।

ट्रम्पले सार्वजनिक सुनुवाईमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् ।

महाअभियोग अनुसन्धानको क्रममा उनको सुनुवाई जारी रहँदा ट्रम्पले ट्वीट गरेका हुन् । ट्रम्पले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेका हुन् । ट्रम्पले लेखेका छन्, ‘मरी योवानाविच जहाँ गयो, त्यहिँ नराम्रो हुन्छ । उनी सोमालिया थिइन्, त्यहाँ कस्तो भयो ?’

सुनुवाईको क्रममा योवानाविचलाई ट्रम्पको सो ट्वीटबारे सोधियो । उनले त्यसको जवाफमा भनिन्, ‘यसले अति धम्किपूर्ण भयभित बनाउने खालको छ ।’ ट्रम्पले त्यसपछि आफ्नो ट्वीट कुनै पनि रुपमा धम्की दिनेखालको नरहेको दाबी गरे ।

ट्रम्पले पत्रकारसँग आफूले अनुसन्धानको क्रममा भइरहेको सुनुवाईको केही भाग हेरेको र त्यो लज्जास्पद रहेको दाबी गरे । सुनुवाईको क्रममा पूर्व राजदूत योवानाविचले केही प्रमाणहरु प्रस्तुत गरेकी थिइन् ।

ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ । ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसन्धान ‘विचहन्ट’ रहेको बताउँदै आएका छन् ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन वार्तालाई मुख्य आधार बनाएर सुरु भएको अनुसन्धानमा गोर्डनसँगको टेलिफोन वार्ता नयाँ प्रमाणमा रुपमा आउने देखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑