सिरहाको नवराजपुर गाउँपालिका १ गेरुवाहामा एक हप्तादेखि चल्दै अाएको क्रिकेट खेल अाज समापन भएको छ ।
खेलमा सप्तरी बेलहीको टिम ८७ रनले प्रथम एका थिए भने गेरुवाको टिमले ८६ रन लगाएर दोस्रो भएका थिए । प्रथम हुनेको पुरस्कार सिल्डकप,मेडल र दश हजार नगद थियो भने दोस्रो पुरस्कार सिल्डकप, गोल्डमेडल र पाँचहजार नगद थियो ।
खेलमा लहानको सिद्धार्थ बैंकले प्रथम हुने टिमलाई शाखा प्रबन्ध रामप्रमोद यादवद्वरा दशहजार नगद, सिल्डकप, गोल्डमेडल लगायतका सामग्री हस्तान्तरण गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरु पत्रकार राजेश विद्रोहीले, डिएसपी रामरिझन यादव लगायतकाहरुले खेलाडीहरुलाई सिल्डकप हस्तान्तरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।