विजय यादव ( बरबरिया ) हाम्रो मुलुक बहुजातीय, बहुभाषीय, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविद्यायुक्त मुलुकको रुपमा स्थापित छन् । तर, यहाँको राजनीतिक अवस्था हेर्दा मन खिन्न हुन्छ । मुलुक संघीय लोकतान्त्रीक गणतान्त्रिक शासन व्यवस्थामा छन् । तर, सर्वसाधारण नागरिकके त्यसको अनुभूति गर्न सकेको छैन् । जताततै भ्रष्टाचार अनि जताततै कालोबजारी र ठगिले मुलुक विक्षिप्त छन् । सरकारले दिगो शान्ती, सुशासन, विकास र समृद्धिको नाममा पाईला पाईला र नशानशामा राजनीतिक मुठभेड र राजनीतिक संक्रमणको खेती गर्दैछन् । यो पाराले मुलुक बन्दैन । न त उहाँको नागरिक चैनपुर निदाउन सकिन्छन् । यो कस्तो लोकतन्त्र हो ? यो कसको लोकतन्त्र हो ? सबैतिर यहि कुरा उठिरहेको छ । सरकार भने अाफ्नै पुरानो शैलीमा नाच्दै छन् ।
संविधान निर्माणको पनि कुनै अौचित्य देखिदैन । किनभने सबैले सर्वस्वीकार्य गर्न सक्ने संविधान निर्माण गर्न सकिएन । यो दुर्भाग्यपूर्ण कुरा हो । जसले गर्दा कसैले यो संविधानको पक्षमा दिपावली मनाउँछन् त कसैले असोज ३ कालो दिन भन्दै विरोध गर्छन् । अनि यो कस्तो संविधान हो ? राजनीतिक दल र तिनका नेताहरूलाई लाज लाग्नु पर्ने होइन, कि हामीले कस्तो संविधान निर्माण गर्यौ भनेर । सबैले दिपावली मनाउनसक्ने संविधान किन निर्माण हुन सकेन । अहिले पनि नेकपाको सरकारले संविधान संशोधन गरेर सबैलाई दिपावली मनाउनेगरी संविधान संशोधन किन गर्न मानेको छैन् । रहस्य के छ ? सबैको चासोको विषय हो ।
बहुजातीय, बहुभाषि, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विविद्यतायुक्त पहिचानको संगालोयुक्त संघीय संविधान निर्माणगरी नेपालमा राष्ट्रिय एकताको पहिचान अव कहिले झल्किन्छ ? के साच्चि हाम्रो राष्ट्रियता कमजोर छन् ? के साच्चि हाम्रो संविधान त्रुटिपूर्ण छ ? छ भने त्यसको सामाधान कसले गर्ने ? छैन् भने त्यसको चितबुझ्दो जवाफ नागरिकलाई कसले दिने ? अनि साच्चि हाम्रो देशको कानुन विभेदकारी छन्, भने विभेदहिन कसले बनाउने ? यसको सबै जवाफ सरकारले जिम्मेवार पूर्वक दिनुपर्छ । यो सरकारसँग नागरिकको ठूलो अपेक्षा छ ।
मुलुकको पछिल्लो घटनाक्रमहरुले प्रश्नै प्रश्न जन्माएको छ । खासगरी वर्षैपिच्छे यसरी देशको संविधान नमाने प्रवृत्ति बढ्दै गयो भने देश कहाँ पुग्छन् , थाहा छैन् । यसरीनै संविधान जनताले जलाउनु र सरकारले संविधान दिवस मनाउन उर्दी जारी गरिराख्यो भने मुलुक एक ठाउँमा नरहने वातावरणको तयार पार्ने कुरा निश्चित छ । त्यसैले सरकारले संविधान संशोधनगरी मधेशी, दलित, थारु,अादिवासी जनजाती, मुस्लिम सबैको अस्ति समानरूपले सम्बोधन गर्नु पर्छ । किनभने उनिहरुको अस्तित्व नै मुलुकको सच्चा अस्तित्व हुन् । मधेशमा हुने आन्दोलनमा सरकारले सिधै गोली हानी हत्या गर्ने र काठमान्डौंमा हुने आन्दोलनमाथि सरकारले पानीको फोहोररा छरेर अाफ्नो विभेदको चरित्र देखाउँदै अाएकाछन् । यो दुखद कुरा हो । यो रबैयाले मुलुकमा केबल द्वन्द्व मात्र सृजना गर्छन् । सामाधान गर्दैन ।
मुलुकमा राजनीतिक हायांगअोभर छन् । त्यहीँ संविधानको बलमा सता सरकारमा छन्, त्यहीँ संविधानलाई जलाउँछन् । त्यसैले संविधान जलाउने र संविधान संशोधन नगर्ने दुबै राजनीतिक प्रवृति मुलुकका लागि घातक छन् । यसका विरुद्ध सबै नागरिक एक ढिक्का हुन जरुरी छ । दिगो शान्ति र सुशासन तथा मुलुक समृद्धिका लागि सबै राजनीतिक दल सचेतपूर्वक अगाडि बढ्नु पर्छ र अाम नागरिक खबरदारीकासाथ अगाडि बढ्नुपर्ने अवस्था अनएको छ । चेतना होस् ।