खेलकुद

कतारमा हुने सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

काठमाण्डौं, भदौ १८सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमकाबिच सार्वजनिक गरेका हुन् ।

यो लोगोले कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने देखाउँछ । लोगोमा मिडिल इस्टको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ ।सका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ ।

यसका साथै लोगोले विश्वकपको लेगेसीलाई पनि समेटेको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।