• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई दिल्लीमा ‘अटल मिथिला सम्मान’

नेपाल पोस्ट दैनिक
    August 17, 2019  मा प्रकाशित

Spread the love
      

राजविराज, ३२ साउन । नेपालका चर्चित मैथिली एवम् नेपालीका साहित्यकार धीरेन्द्र प्रेमर्षि ‘अटल मिथिला सम्मान २०१९’ बाट सम्मानित हुने भएका छन् ।
भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको नाममा स्थापित उक्त सम्मान दिल्लीमा शनिवार आयोजना हुनलागेको भव्य समारोहका बीच उनलाई प्रदान गरिने भएको हो । हिन्द पोस्ट मिडिया र मैथिलीका युवा अभियानी प्रदीप कुमार झाद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा वहुआयामिक व्यक्तित्व प्रेमर्षिलाई मिथिला र मैथिलीकालागि दिईएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै अटल मिथिला सम्मान प्रदान गरिने जनाईएको छ ।
भारत सरकारका प्रतिरक्षा मन्त्री राजनाथ सिंहको प्रमुख आतिथ्यमा आयोजना हुन गईरहेको उक्त समारोहमा पूर्वमन्त्री, राज्यसभा सांसद, सहित विशिष्ठ व्यक्तित्वहरुको विशेष उपस्थिति रहने जनाईएको छ । सोही समारोहमा नेपालबाट प्रेमर्षि, चर्चित बलिवुड गायिका अलका याग्निक, उत्तराखण्डका आइ.ए.एस. नितेश झालाई समेत मिथिला अटल सम्मानबाट सम्मानित गरिनेछ ।
सोही कार्यक्रममा वलिवुडका चर्चित स्टार पद्मभूषण सम्मानित उदितनारायण झा, वलिवुडका चर्चित गायिका अलका याग्निक, मैथिली ठाकुर लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ । कान्तिपुर एफ.एम.बाट प्रशारण हुँदैआएको हेलो मिथिलाका प्रस्तोता समेत रहेका गीतकार, गायक, सङ्गीतकार, गजलकार, अभिनेता, विष्लेशक प्रेमर्षि नेपालबाट उक्त पुरस्कार पाउने पहिलो रेडियोकर्मी एवम् लेखक हुन् । सिरहा जिल्लाको वस्तीपुर निवासी हुने तीन दशकदेखि मैथिली भाषा, साहित्य, कला, संस्कृति संरक्षण, सम्वद्र्धन, प्रचार–प्रसार एवम् उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउँदैआएका छन् ।न्युज टुडेबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑