काठमाण्डौँ, जेठ ११ । शनिबार बिहान रामेछाप र आपपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार रामेछापको गुम्देल केन्द्रविन्दु भएर शनिबार बिहान १ बजेर २ मिनेट जाँदा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।