• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 01, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

नेपाल पोस्ट दैनिक
    May 26, 2019  मा प्रकाशित

Spread the love
      

काठमाण्डौँ, जेठ १० । आईजीपी सर्वेन्द्र खनालले सामान्य चोरलाई डाँका बनाउने किसिमले अनुसन्धान नगर्न प्रहरीलाई निर्देशन दिएका छन्।एउटा मोवाइल चोरी गर्नेलाई पनि अनुसन्धानको नाममा १५/२० दिन राखिए उनीहरुको मनोविज्ञानमा अर्काे असर पर्ने र पछि गएर अपराधिक मानसिकता पलाउन सक्ने उनको भनाइ छ ।

प्रदेश १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकलहरुको दोस्रो प्रादेशिक सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै प्रहरी प्रमुख खनालले सामान्य किसिमका घट्नालाई चाँडोभन्दा चाँडो अनुसन्धान गरेर टुँग्याउनुपर्नेमा जोड् दिए ।

‘सानो चोरी र सानो घट्नामा नियन्त्रणमा लिएर लामो समयसम्म थुनामा राखेपछि उनीहरु थप बदमास हुन सक्छन्,’ खनालले भने, ‘यसले हाम्रै समाजलाई थप घाटामा पुर्‍याउन सक्छ ।’सामान्य चोरलाई लामो समयसम्म थुनिए उनीहरु निस्किँदा डाँका समेत बन्न सक्ने भएकाले उनीहरुलाई समाजमा सुध्रने मौका दिनका लागि अनुसन्धान र अभियोजनको काम तत्कालै गर्नुपर्ने बताए ।

विवकेपूर्ण तरिकाले समयमै काम गर्दा अनुसन्धान र अभियोजन दुबै राम्रो हुने बताउँदै खनालले आफ्नो जिम्मेबारी निष्ठापूर्वक बहन गरे फौजदारी न्यायप्रणाली चुस्त दुरुस्त भएर जाने बताए ।नेपाल प्रहरी र सरकारी वकिलको देश र जनताप्रतिको ठूलो जिम्मेवारी भएकाले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक बहन गर्नुपर्नेमा जोड् दिए ।

इमान्दारीबाट कुनै एक पक्ष चुकेमा न्यायप्रणाली कमजोर हुन सक्ने भएकाले नियतलाई ठीक राख्नुपर्ने बताए । ‘नियत ठीक राखेर अघि बढौं र अनुसन्धानकर्ताले त्रुटि नगरौं तथा वकिलहरुले म्याद गुजार्ने काम नगरौं,’ उनले भने, ‘यति गरिसकेपछि फौजदारी न्यायप्रणाली धेरै राम्रो हुन्छ । र, पीडितले चाँडै न्याय तथा पीडकले चाँडै कारबाही पाउँछन् ।’

महान्यायाधिबक्ता कार्यालयका सह-न्यायाधिबक्ता संजीवराज रेग्मीले एउटा निकायले मात्र राम्रो काम गरेमा फौजदारी न्याय प्रणाली सुदृढ हुन नसक्ने बताउँदै यी दुबै निकायबीचको सम्बन्ध अझ सुमधुर बनाउँदै इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यक्ता औंल्याए ।‘सुदृढ फैजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने नाराका साथ महान्यायाधिबक्ता कार्यालयको सहकार्यमा प्रहरी प्रधान कार्यालय नक्सालले यो कार्यक्रमको आयोजना गरेको छ।दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश १ र २ का अनुसन्धान गर्ने नेपाल प्रहरीका अधिकृतहरु तथा सरकारी वकिलहरुको सहभागिता रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑