• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत

नेपाल पोस्ट दैनिक
    February 5, 2026  मा प्रकाशित

Spread the love
      

काठमाडौँ २२ माघ । निर्वाचन आयोगले आगामी आमनिर्वाचनलाई थप पारदर्शी र अनुशासित बनाउन चुनावी प्रचार(प्रसारको सम्पूर्ण खर्चलाई बैङ्किङ प्रणालीमा अनिवार्य आबद्ध गर्ने निर्णय गरेको छ। आयोगको यही माघ २० गते बसेको बैठकले ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै अबदेखि नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको हो।

निर्वाचन आयोग ऐन र आचारसंहिताका आधारमा ल्याइएको यो नयाँ नियमले राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले चुनावका बेला प्राप्त गर्ने चन्दा, आर्थिक सहयोग र गर्ने सम्पूर्ण खर्च बैङ्क खातामार्फत नै गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैङ्कले समेत यसअघि नै बैङ्क तथा वित्तीय संस्थाहरूलाई यससम्बन्धी निर्देशन जारी गरिसकेको छ।

नयाँ कार्यविधिअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवारले चुनावी खर्चका लागि छुट्टै विशेष बैङ्क खाता खोल्नुपर्नेछ। राजनीतिक दलहरूले यस्तो खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्नेछ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयले सिफारिस गर्ने व्यवस्था मिलाइएको छ।

सिफारिस बिना कुनै पनि बैङ्कले निर्वाचन खाता खोल्न पाउने छैनन्। यस व्यवस्थाले चुनावी खर्चको ुट्र्याकिङु गर्न र स्रोतको पहिचान गर्न सहज हुने आयोगको विश्वास छ। खाता सञ्चालन र कारोबारको सीमा निर्धारण गरिएकाले अब उम्मेदवारहरूले आफ्नो मनपरी खर्च गर्न पाउने छैनन्।

आयोगले यो कदमलाई निर्वाचन खर्च व्यवस्थापनमा सुधारतर्फको एउटा महत्त्वपूर्ण पहलका रूपमा हेरेको छ। विगतका निर्वाचनमा खर्चको यथार्थ विवरण नआउने र तोकिएको सीमाभन्दा बढी नगद कारोबार हुने गुनासो बढेपछि आयोगले प्रविधिको प्रयोग गर्दै बैङ्किङ प्रणालीलाई अनिवार्य बनाएको हो। यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने र पछि गरिने लेखापरीक्षणलाई समेत सरल बनाउने अपेक्षा गरिएको छ।

आयोगले मातहतका कार्यालय र सबै बैङ्कहरूलाई यो नियम कडाइका साथ पालना गराउन निर्देशन दिँदै राजनीतिक दल र उम्मेदवारहरूलाई पारदर्शी र सुसंस्कृत चुनावी व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।

हाम्रो कुराबाट सभार

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑