Breaking News · प्रदेश १

झापामा एकैसाथ ३ वटा एनसेल टावरमा आक्रमण

साउन १४, झापा । झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ ।

एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ, रातो खबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।