शम्भु चौधरी, लहान ७ कार्तिक । गोपाल सेवा समिति लहानले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रममा समितिका पदाधिकारी, सदस्य तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई थप मजबुत बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै सामाजिक तथा सांस्कृतिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका वक्ताहरूले गोपाल सेवा समितिले सामाजिक सद्भाव कायम गर्न तथा समाजमा सकारात्मक गतिविधि सञ्चालन गर्न निरन्तर योगदान पुर्याउनुपर्ने धारणा राखेका थिए। साथै, आगामी दिनमा पनि समाजको हित र एकताका लागि विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमले सहभागीहरूबीच आत्मीयता, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजक समितिका अध्यक्ष धनेश्वर यादवले बताए । गोपाल सेवा सदन लहानका अध्यक्ष धनेश्वर यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा यादव समुदायका विभिन्न राजािनतिकर्मी,जानप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

