शम्भु चौधरी,लहान, ८ कार्तिक। लहान नगरपालिका १५ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन नगरप्रमुख महेश प्रसाद चौधरीले शनिबार विधिवत रुपमा गर्नुभएको छ।
उदघाटन समारोहमा बोल्दै नगरप्रमुख चौधरीले भने नगर भरीमा सबभनदा बिकट वडा १५ नै हो । यस वडामा तिन वटा पर्यटकिय क्षेत्र रहेको छ । झवाई खोल्सीको विकास, राजदेवी माता मंदिरको विकास र हातीदहको विकास अहिले नेपालको चिनारी भई सकेको छ । यस वडामा लगभग खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिमा राम्रो विकास भएको छ । नगरले बनाई दिने हो त्यसको संरक्षण वडा बासीले नै गरिनु पर्छ नि । नगरभरीमा कैयौ सडक कालोपत्रे भएको, चार मा वि अंग्रेजी माध्यममा पढाई संचालन भएको र कैयौ मा वि लाई करौडोको चारकोठे पककी भवनको निर्माण भएको बताए ।
वडा कार्यालय भवनको उद्घाटनसँगै स्थानीय बासिन्दालाई वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ। आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा सेवाग्राहीलाई विभिन्न प्रशासनिक तथा सिफारिस सम्बन्धी कामका लागि सहज हुने विश्वास लिइएको छ।
पालिकाको ४० लाखको लागतमा निर्माण भएको सम्बन्धित वडाका वडा अध्यक्ष तेजनारायण चौधरीले बताए । वडा अध्यक्ष चौधरीले आफनो ९ वर्षको कार्यकाल सम्ममा गरेको कार्यको विवरण समेत प्रस्तुत गरिएको थियो ।
नवनिर्मित भवनले वडा कार्यालयको नियमित कामकाजलाई व्यवस्थित बनाउन तथा स्थानीय नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, राजनिति दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेनिय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले वडा कार्यालयको भौतिक पूर्वाधार विकाससँगै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन आवश्यक भौतिक पूर्वाधारको विकास महत्वपूर्ण मानिन्छ। वडा कार्यालयको नयाँ भवन सञ्चालनमा आएसँगै वडा नम्बर १५ का नागरिकलाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।

