फिलिपिन्स, ११ साउन । शनिवार फिलिपिन्समा भूकम्प गएको छ । ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएको हो ।
फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ६ जनाको मृत्यु छ । भूकम्पमा हालसम्म ६० जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
घरमा फसिरहेका मानिसको उद्धार कार्य भइरहेको छ । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको बताइएको छ । क्षतिको बारे थप विवरण सार्वजनिक गरिएको छैन ।