Breaking News · प्रदेश ७

बुवाको हत्या, आमाको हत्या प्रयास हत्या गर्ने छोरा पक्राउ

कैलाली सम्वादाता, ६ साउन । कैलालीमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन् । घोडाघोडी नगरपालिका-११ सिसैया टोल बस्ने ५५ वर्षीय उदय रावतले बुवा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

उदयले आमा ६० वर्षीया नन्दा रावतलाई समेत हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका छन् । हसियाँ प्रहारबाट घाइते भएकी नन्दालाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खड लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

घटनामा संलग्न उदयलाई प्रहरीटले आज बिहान पक्राउ गरिसकेको छ । उनलाई ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उदयले मादक पदार्थ सेवन गरी बुवाको हत्या गरेको खुल्न आएको  छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।