भारत प्रशासित कश्मीरमा एउटा मिनीबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।
२७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा अध्याधिक यात्रु भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
अधिकारीहरुले यो दुर्घटना प्राविधिक कारणले भएको हो या ड्राइभरको कमजोरीले भएको भन्ने अनुसन्धान गरिरहेका छन् ।