• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तराईं मधेशको गम्भिर समस्या: दाइजो प्रथा

नेपाल पोस्ट दैनिक
    June 25, 2019  मा प्रकाशित

Spread the love
      

छोरीको विवाह गरि वेहुलाको घर जादा उपहारस्वरूप दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ। कोही स्वईच्छाले आफु सक्दो दिन्छन् भने कोही देखाउन र ईज्जतको डरले सकि नसकि दिने गर्छन्, तराई क्षेत्रमा वेहुला पक्ष बाटनै दाईजो को माग हुने गरेको छ जस्ले गर्दा दाइजो उपहार भएता पनि कुप्रथाको रूपमा विकसित भएको छ।

दाइजो प्रथाको प्रचलन मधेशी  र पहाडी दुवै समुदायमा रहेका छन । तर मधेशी समुदायमा दुलाहाका   बुवाआमाले छोराको विवाह हुनु अगावै छोराका लागि माईति पक्षसँग केहि रकमको मागगरेका हुन्छन् वा छिनोफानो गरेका हुन्छ  । साथै मधेशी समुदायमा दाइजोको रुपमा बढी नगद दिने र विवाहमा सरसजावट तथा भोजभतेरमा धेरै खर्च गर्ने गर्दछ । विवाहमा धेरै खर्च भएतापनि यो दुलहीलाई पछी काम लाग्ने र नीजि सम्पति कायम हुने देखिदैन ।  भने पहाडी समुदायमा यो दुल्ही पक्षबाट छोरीलाई दान दक्षिणा तथा उपहारको रुपमा दिइने गरिन्छ । साथै पहाडी समुदायमा दाइजोको रुपमा बढी जिन्सी सामान , गरगहाना दिने गरिन्छ ।  त्यस्तै विवाहमा सरसजावट तथा भोजभतेरमा फजुल खर्च धेरै  गर्दैन । परिणाम स्वरुप विहेमा माइतीपक्षबाट भएको खर्च दुलहीलाई पछी काम लाग्ने र नीजि सम्पतिको रुपमा रहन जान्छ । यसरी बिहेमामाइतीबाट बेहुलाको घरमा सम्पत्ति हस्तान्तरण भएको  देखिन्छ ।

आफ्नो छोरीलाई बढी दाइजो दिनेबाबु र धेरै दाइजो पाउनसक्ने केटा दुवैको सामाजिक प्रतिष्ठा बढ्ने धारणाले पनि सर्वसाधारण गरीवतथा असहाय समुदायसमेत ऋण लिएर जग्गा वेचेर भएपनि दाइजो लिनेदिने चलन बढ्दै गएको छ ।

मुलुकी अपराध  (संहिता) ऐन, २०७४ पनि मा दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही गरिने व्यवस्था रहेको छ । ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख छ ।यसमा दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।  त्यस्तै दाइजो नदिएको कारणले कसैले दुलही वा निजको नातेदारलाई हैरान पार्न वा अमानवीय वा अपमानजन्य व्यवहार गरेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने  व्यवस्था गरिएको छ ।

दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था योभन्दा पहिलाको कानुनमा  थिएन । अहिले त्यसको आवश्यकता महसुस गर्दै यस्तो व्यवस्था ल्याइएको हो । मुलुकी अपराध (संहिता) ऐन २०७४ भदौ १ देखि लागू भएपछि भने दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ । कानुनमा व्यवस्था भए पनि समाजमा यो कुप्रथा घट्न सकेको छैन । बेहुला र बेहुली पक्ष आपसमा दाइजोको छिनोफानो  गरि बिहेबारी गरिरहेको छ ।

नेपालको संविधानमा मैलिक हकको रुपमा छोरा र छोरीलाई पैत्रिक सम्पतिमा समान हकको व्यवस्था गरेको छ । छोरीको विहे पश्चात  आफ्नो पैत्रिक सम्पतिबाट निजले केहि लिन नसक्ने भएकाले विवाहकै बेलामा माइतीबाट राजिखुसी केही सम्पति छोरीलाई वा बेहुला पक्षलाई दिनु न्याय संगत नै छ । विशेष गरी दाइजोको रुपमा छोरीलाई माइतीबाट आफ्नो राजी खुसी र  क्षमता अनुसार सुनचांदीका गरगहना र जग्गा जमिन उपहार स्वरूप दिनु उत्तम होला । तर बेहुला पक्षले बिहेको बेला करकापले दाइजो माग्नु र कम दाइजो ल्याएको भनेर बेहुलीलाई दु:ख दिनु, हेला गर्नु, अपमानजनक व्यवहार गर्नु अपराध  हो ।

राष्ट्रपति विधादेवी भण्डारीले संसदमा प्रस्तुत गर्नु भएको आ. व. २०७५/७६ को नीति तथा कार्यक्रममा दाइजो प्रथा, छाउंपडी जस्ता अन्धविश्वाशलाई उन्मुलन गर्न विशेष अभियान संचालन गर्ने भनिएको छ ।

अन्त्यमा, कुप्रथाको रुपमा रहेको दहेज प्रथालाई उन्मुलन गर्नछोरीलाई  उच्च शिक्षा  दिने  तथा स्वाभिमानी र आत्म निर्भर वन्न प्रेरित गर्ने,छोरीलाईआर्थिक रुपमा आत्मनिर्भर हुनेखालकाअवसरहरु प्रदान गर्ने ,सामाजिक चेतनास्तर वढाउने,अन्र्तजातिय विवाह र प्रेम विवाहलाई प्रोत्साहन दिने ,दाइजो लिने तथा दिनेहरुलाई समाजमा निरुत्साही गर्ने र दाइजो नलिनेहरुलाई सामाजिकरुपमासम्मान गर्नु पर्दछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑