• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानको फोहोरमा नागरिको जीवन

नेपाल पोस्ट दैनिक
    June 21, 2019  मा प्रकाशित

Spread the love
      

राजेश विद्रोही । केहि महिना देखि लहानको जीवन पहिला भन्दा पनि फोहोर र कष्टकर बनेको छ । यो स्थिति सृजना गर्नेमा स्थानीय निकाय र राजनीतिक दल दुबै उतिकै दोषी छन् । मुख्यतः विकास निर्माणको काम गर्ने र गर्न नदिने पक्षबीचको राजनीतिक दाउपेच र चलखेल बढेर गएको देखिन्छ । जसले गर्दा पुरानो धरातल बोकेको लहान नयाँ रुपमा फड्को मार्न सकिरहेको छैन् । यो जातिय राजनीतिक उन्मादमा खुट्टा तान्ने प्रवृत्ति र लोकतन्त्रको परिणाम हो जस्तो लाग्छ । मधेसी राजनीतिमा एक अर्काको राजनीतिक अस्तित्व स्विकार गर्न नसक्ने रोग बढी छ । जसको उदाहरण हो लहानको फोहोर काण्ड । केहि गर्नेलाई गर्न दिनु पर्छ कि त आफै गर्ने आट गर्नु पर्छ कि त साथ लिने र दिने गर्नु पर्छ । यहाँ यही भावनात्मक एकताको अभाव देखिन्छ । जसको मारमा छन् लहानका नागरिक । यो नयाँ रोग होइन पुरानैको संक्रमण हो ।

लोकतन्त्रको सहि मर्म र भावना अँत्मसात हुन नसक्दा लहान बासीको मुहारमा लोकतन्त्र अराजक रुपमा फैलिएको छ । यसको प्रमुख कारण जातीय राजनीतिको दुर्गन्धता नै हो । यसमा कुनै दुईमत छैन् । त्यही दुर्गन्धतामा लहानको फोहोर राजनीति हुर्किरहेका छन् । फेरि पनि कुरा दोहरियाउन चाहन्छु । दुख नमानुस् । यो कुनै नयाँ राजनीतिक दुर्गन्धता होइन । पुरानै हुन् । बरु यतिबेला तिनै पुराना दुर्गन्धतामा थप दुर्गन्धता थप्ने कुचेष्ट भइरहेको छ । यसमा स्थानीय सरकार जति दोषी देखिदैन त्यो भन्दा सयौं गुणा बढी स्थानीय जातिवादी राजनीति र संकुचित मान्सिकताका अराजक भिडले लहान बजारलाई बदनाम गर्न खोजिदैछन् । जुन लहान बासिहरुका लागि गलत छ र, लहान जुन इतिहास बोकेको छ त्यो इतिहास माथि कलंक थपिने खेल हुदैछ । त्यो खेलको अपजस स्थानीय सरकार र प्रमुख माथि थोपर्ने गलत राजनीतिक अभ्यास हुदैछ ।

कसको कति कमी कमजोरी छन् त्यसलाई नापतौल गरेर लहान बजारलाई सुन्दर, सभ्य र स्वच्छ लहान निर्माणमा लाग्नु भन्दा एक अर्का माथि दोषारोपण गरेर लहानको इतिहास माथि ब्यापारीकरण र दलालीकरण गर्नु दुख छ । जसको दुर्गन्धता मुलुकभर फैलिदो अबस्थामा छन् । यतिबेला लहानको फोहोर राजनीतिमा नागरिकको जीवन बेरिएको छ । जसले गर्दा लहानको ओज र गरिमा माथि प्रश्न चिन्ह खडा भएको छ । यसको सामाधान कसरी गर्ने सबैको टाउको दुखाइ बनेको छ ।

परिवर्तन र विकास रुचाउनै नचाहने केहि अराजक तत्वलाई त बरु बिनासनै स्विकार्यछन् । तर, लहानको बिकास चाहिएको छैन् । किनभने त्यस्ता तत्वलाई जीवन निर्वाहमा कमी छैन् । कतिपय ठाउँमा काम गर्दैजादा सतापक्षबाटै बिकास र समृद्धिको नाममा मानवता विरोधी कार्य नभएको होइन । यस्तै अन्तरविरोधी क्रियाकलापले मुलुकको सबैभन्दा पुरानो शहर मध्येका लहान निकै पछि परेको छ । पछि बनेका शहरहरु उछिनेर लहानमाथि नेतृत्व गरिरहेकाछन् । पर्यटनको हिसावले पनि लहान निकै सुन्दर छन् । हवाई रुटकालागि पनि तीन चार जिल्लालाई फाइदाहुने र त्यहाँका नागरिक लाभान्वित हुने कुरा पनि टर्दै आएको छ । अरु ठाउँमा बनिसके तर लहान सधैं पछि किन परेका छन् रु राजनीतिक दलहरुको सरोकारको विषय होइन रु केन्द्रीय राजनीतिमा दलाली गरेर लहान बजारलाई किन विकासबाट पछि धकेलिदैछन् ।

लहान बजारको धर्तीलाई राम्रोसँग विकास गरे मुलुककै नमुना शहर बन्ने अर्थ राख्छन् । तर, त्यो नरुचाउने मान्छेहरूको जमात यहाँ धेरै भयो । जसले गर्दा असल नागरिकहरु लहानलाई वाईवाई गर्न विवश छन् र, अरुको जीवनमाथि चोरी,तस्करी र ठगी गरेर आफ्नो जीवन निर्वाह गर्ने धन्दा बढेको छ । जवसम्म लहानमा यो गलत क्रियाकलापको अन्त्य हुदैन र जातीय राजनीतिमा समूहिक राजनीतिको अभ्या हुदैन तवसम्म असल र सुन्दर लहान नगरिको कल्पना गर्न सकिदैन ।

लहानमा यतिवेला फोहोर ब्यवस्थापनको कारण बनेको नगरबासीहरुको दुर्गन्ध जीवन सबैकालागि उतिकै जोखिम छन् । राजनीति राजनीतिमाथि हुनुपर्ने हो । फोहोरमाथि होइन । जहाँ फोहोरमाथि राजनीति हुन्छ त्यहाँको राजनीतिक चेतनास्तरको मूल्यांकन त्यसै गर्न सकिन्छ । त्यसैले लहानबासिका लागि बनेको यो चुनौती नगरपालिकाका लागि होइन । यहाँको बासीको लागि हो । त्यसैले फोहोर ब्यवस्थापनमा कोही राजनीति नगरौं । सबैमिलेर फोहोरको निकास र ब्यवस्थापन गरौं । यसैमा सबै लहान वासीहरुको भविष्य छ । जातिय र पार्टीय राजनीतिक प्रतिस्पर्धाले लहान बन्दैन । पुराना लहानको राजनीतिक धरातलबाट माथि उठौं । नयाँ धरातलबाट लहानलाई जगाउ । बिकासमा बाधा नबनौ, बिनासमा बनौं । सहकार्यको वातावरण निर्माण गरौं । आज पालो कसैको छ, भोलि तपाईंको पनि आउन सक्छन् । मुलुक कसैको पेवा होइन । पेवा ठाने मेवा कै हालत हुने निश्चित छ । चेतना भया ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑