• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुङ्गा : हजारको नोट साटनका लागि खुलेको देशकै सबभन्दा सहकारी

नेपाल पोस्ट दैनिक
    January 23, 2020  मा प्रकाशित

Spread the love
      

विर्तामोड ९ माघ । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको नोट नसाटिँदा विर्तामोडसम्म जानुपरेको बाध्यता बिर्सनुभएको छैन उनले । ‘बैंकको पहुँचबाट टाढा रहेका चारपानेवासीलाई घरको गर्जो टार्न पनि साहु महाजनकहाँ जानुपर्ने बाध्यता थियो’, गिरी सम्झिन्छिन्, ‘चर्को ब्याजदरमा ऋण लिएर गर्जो टार्ने धेरै जना देखेपछि सहकारी खोल्ने सोच आयो ।’

वित्तीय संस्थामार्फत विपन्न समुदायको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने हेतुले नरनाथ गिरी र दुर्गा भण्डारी मिलेर चारपानेमा सहकारी खोल्ने निधो गरेको उनले बताए । गिरीले भने, ‘त्यसबेला ३३ जना शेयर सदस्यले रु ३४ हजार शेयर पूँजी जारी गर्दै तीन वटा गाविसमा कार्यक्षेत्र बनाई सहकारीको कारोवार शुरु गरेका थियौँ ।’

विसं २०५२ फागुन ११ गतेको संस्थाको प्रारम्भिक भेलामा संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ राख्ने निर्णय गर्दा शेयर पूँजी रु ३४ हजार निकाल्न हम्मेहम्मे परेको उनले बताए । ‘तर त्यही सहकारी संस्था अहिले आर्थिक कारोवारका दृष्टिकोणले प्रदेश नम्बर १ कै ठूलो सहकारी संस्था बनेको छ’, उनले भने ।

एक लाख ५१ हजारभन्दा बढी शेयर सदस्य भएको सहकारी शेयर सदस्यको हिसाबले भने नेपालकै ठूलो संस्था भएको उनको भनाइ छ । सहारा नेपाल सहकारी संस्थाको शेयर पूँजी मात्रै अहिले रु एक अर्ब २४ करोड ९६ लाख रहेको सहकारीका कार्यकारी निर्देशकसमेत रहनुभएका गिरीले बताए । उनका अनुसार संस्थाको कूल बचत रु चार अर्ब ६१ करोड ६३ लाख रहेको छ ।

गत आवमा रु एक अर्ब ५६ करोड आम्दानी गरेको सहकारीले खुद नाफा मात्रै रु ३६ करोड गरेको छ । चालू आवभित्र कूल पूँजी रु ११ अर्ब पु¥याउने लक्ष्यसहित सहकारीको सेवा क्षेत्रभित्रका छ जिल्लाका सबै स्थानीय तह र वडामा सेवा विस्तार गरी पाँच लाख सदस्य पु¥याउने लक्ष्य लिइएको छ । सहकारीले अहिले झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुरमा कारोवार गरिरहेको छ । रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • आर्थिक गणना २०८२ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑