शम्भु चौधरी लहान ११ चैत्र । धनुषा जिल्लाको मिथिला नगरपालिकामा आर्थिक गणना २०८२ सम्बन्धी विभिन्न सरोकारबालाहरुसंगको अन्तर्क्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नगर उपप्रमुख सुनिता बुढाथोकीको प्रमुख अतिथ्यामा कार्यक्रम सम्पन्न भएको हो । उपप्रमुख बुढाथोकीका अनुसार आर्थिक गणना हुन देशका लागी राम्रो कुरा हो । यसले देशका आर्थिक कुराहरुलाई चित्रण गर्दछ । देशमा भएको आर्थिक भारलाई कसरी सतहमा ल्याउन सकिन्छ भने यस बाट बुझन सकिन्छ । यति मात्र नभई यसले बेरोजगार युवा युवतीलाई केहि दिन भए पनि स्वरोजगार बनाएका थिए ।

कार्यक्रममा मधेश प्रदेशको नीति तथा योजना आयोगका पूर्व सदस्य एवम् लायन्स क्लब ढल्केबरका कोषाध्यक्ष प्रमिला सिंह, चर्चित पत्रकार फुलगेन मगहि, निर्माण व्यवसाय संघ ढल्केबरका अध्यक्ष, लेखापढी व्यवसाय संघका अध्यक्षको उपस्थीती रहेको थियो। साथै कार्यक्रममा महाशाखा प्रमुखहरू, विभिन्न संचार माध्यमका पत्रकारहरु, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू , विभिन्न वडाका वडा अध्यक्षहरुको प्रतिनिधीत्व रहेको थियो ।
आर्थिक गणना २०८२ सम्बन्धी विस्तृत जानकारी राष्ट्रिय तथ्यांक कार्यालयका कार्यालय प्रमुख शिव नारायण महतोले जानकारी गराएका थिए । कार्यक्रममा सहभागि भई सफल बनाई दिएकोमा सबैलाई कार्यलय प्रमुख महताले धन्यबाद दिएका थिए ।
कार्यक्रम नेपाल सरकार प्रधानमंत्रि तथा मंत्रिपरिषदको कार्यालय राष्ट्रिय तथ्यांक कार्यालय राष्ट्रिय आर्थिक गणना २०८२ जिल्ला आर्थिक गणना कार्यालय धनुषाको आयोजनामा सम्पन्न भएको थियो ।