लहान, ११ असार । औरही गाउँपालिकाको १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट चालू आर्थिक वर्ष २०८२।०८३ को लागि ४० करोड ८३ लाख ९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
पुर्वाधार तथा संरचना विकास, जनसंख्या तथा समाजिक विकास, वातावरण संरचना तथा खानेपानी, शिक्षा, स्वास्थय, कृषि विकास तथा सहकारी, रोजगार, धार्मिक साँस्कृतिक र पर्यटन लगायत विविध क्षेत्रमा नीति बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
पालिका अध्यक्ष शिवजी यादवले गाउँसभालाई सम्बोधन गर्दै भने ३ महिनाभित्र घर बनेको नबनेको घर निस्शुल्क रुपमा नक्सा बनाउन सम्पूर्णमा आग्रह गरेका छन् । ३ महिना पछि सःशुल्क हुने भनिएको छ। यो सँगै सिरहाको १७ पालिकामध्ये सिरहा नगरपालिका बाहेक सबै पालिकाले कानुनी रुपमा समयमै आफ्नो नीति बजेट तथा कार्यक्रम ल्याएको छ।
सिरहाका अधिकाँश पालिकाले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईलाई प्राथमिकतामा राखेका छन् । त्यसैगरी, औरही गाउँपालिकासहित १६ पालिकाको नीति बजेट तथा कार्यक्रम यस्तो रहेको छ।
प्रमुख अतिथि लोक सेवा आयोग कार्यालय मधेश प्रदेशका पुर्व अध्यक्ष, विशिष्ट सिरहाका सिडियो विश्वप्रकाश दाहाल, गाउँपालिकाको सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, संचारकर्मी, सुरक्षाकर्मी, ग्रामीणबासी लगायतको उपस्थितिमा गाउँ अधिवेशनको खुल्ला सत्र सम्पन्न गरेको छ ।