शम्भु चौधरी लहान, २२ भदौ । लहान नगरपालिका ११ लक्ष्मीनियाँ स्वमस्थ्य सेवा केन्द्रमा ५० जना सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको छ।
सोमबार स्वास्थ्य केन्द्रमा वडा ११ का अध्यक्ष सूर्यनारायण चौधरीको आयोजनामा आयोजित कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा महिलाहरूलाई राहत तथा पोषण सामग्री हस्तान्तरण गरिएको छ। प्रत्येक महिलालाई १० किलो चामल, १ किलो नुन, १ लिटर तेल लगायतका सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख चौधरीले अहिलेसम्म लहान नगरको २४ सौ वडामा करिब ५ हजार भन्दा बढी बिपन्नहरुलाइ बिभिन्न किसिमको राहतको सामग्री बितरण गरेको नगर प्रमुख चौधरीले पत्रकारहरुलाइ जानकारि गराइएको छ । गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिनुपर्ने बताए। महिलालाई पोषणयुक्त खानेकुराको अभाव नहोस् साथै गर्भमा रहेको बच्चामा कुनै किसिमको कुपोशित नहोस भन्ने उद्देश्यले राहत वितरण गरिएको हो।
नगर प्रमुख चौधरीले प्रत्येक महिनाको २२ गते निजी लगानी वा नगरपालिकाको सहयोगमा विभिन्न राहत तथा सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। सोही अभियानअन्तर्गत यसपटक लक्ष्मीनियाँ गाउँका गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको हो।
कार्यक्रमका सहभागीहरूले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी गरिएको सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई प्रत्यक्ष लाभ पुगेको बताएका छन्।
लहान ११ मा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण
Nepal Post
•
