जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

बाढीपीडितलाई पोखरियाचाप वन उपभोक्ता समितिको २६ हजार ७ सय सहयोग

लहान ३ असोज । लहान नगरपालिका १८ बडरबोना स्थित श्री पोखरियाचाप वन उपभोक्ता समितिले रसुवा बाढीपीडितका लागि २६ हजार ७ सय रुपैयाँ नगद सहयोग गरेको छ।

समितिले बाढीका कारण प्रभावित तथा समस्यामा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग स्वरूप संकलन गरी पठाएको हो। मानवीय सहयोग अन्तर्गत गरिएको यस सहयोगले विपद्को समयमा पीडित परिवारलाई केही राहत पुग्ने समितिको विश्वास छ।

समितिका अध्यक्ष आदेश कुमार चौधरी र कोषाध्यक्ष उषा कुमारी चौधरीको नेतृत्वमा समितिले बाढीपीडितका लागि नगद सहयोग संकलन गरेको थियो।

समितिले विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।