सप्तरी ३ असोज । खडक नगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको निःशुल्क आँखा उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत वडा १ मा २ सय ५३ जनालाई चेकजाँच गर्दा ५७ जनामा, वडा ४ मा २ सय ६३ जना चेकजाच गर्दा ६०जनामा र वडा ३ मा ३ सय ५० जनालाइ चेकजाँच गर्दा ९० जना गरि जम्मा २ सय ७ जना मोतियाबिन्दको बिरामी भेटिऐको थियो जस्मध्ये वडा १ र ४ गरि ५४ जना र ३ नन्बर वडाको ४५ जना गरि जम्मा ९९ जना मोतिबिन्द बिरामीको सफलतापूर्वक शल्यक्रिया गरी घर फर्कीसकेको छ भन्ने बाकी बिरामिहरुलाइ उपचार भइरहेको छ।
यस अभियान अन्तर्गत नगरका विभिन्न वडाका नागरिकलाई निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको उपचार सेवा उपलब्ध गराउँदै आएको खडक नगरपालिकाको स्वस्थ्य शाखा प्रमुख जीव नारायण चौधरीले बताए ।
अप्रेसनको बेला अस्पतालमै पुगेर नगर प्रमुख जय प्रकाश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष देब नारायन चौधरीले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै जुस वितरण गरेका थिए। नगरपालिकाले अप्रेसन गराएका बिरामीलाई सहज रूपमा घरसम्म पुर्याउन बसको समेत व्यवस्था गरेको थियो। उपचारपछि घर फर्किने क्रममा नगरपालिकाले गरेको यातायात व्यवस्थाले आफूहरूलाई थप सहज भएको सेवाग्राहीहरूले बताएका छन्।
निःशुल्क आँखा उपचारसँगै अस्पतालसम्म ल्याउने, उपचारपश्चात् घर फर्काउने तथा आवश्यक व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेपछि विपन्न, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवारका बिरामीलाई ठूलो राहत पुगेको सेवाग्राही भागमल चौधरीको भनाइ छ।
अस्पतालका अनुसार खडक नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको अभियानबाट हालसम्म ९९ जना मोतिबिन्दुका बिरामीको अप्रेसन भइसकेको छ। त्यस्तै,८ सय ६६ भन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ। नगर प्रमुख चौधरीले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज र निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्।
प्रमुख चौधरीका अनुसार मोतिबिन्दुका कारण दृष्टि कमजोर भएका तथा आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।
नगर प्रमुख चौधरीले नगरका अन्य वडाहरूमा समेत निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्। वाहाले स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको अप्रेसन सेवा पाएपछि सेवाग्राहीहरूले नगरपालिकाप्रति खुशी व्यक्त गरेका छन्।
खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान,२ सय ७ जनाको मोतिबिन्दु अप्रेसन
Nepal Post
•
