विसुन देव सरदार सिरहा लहान २२ माघ। सिरहाको लहान रहेको जे. एस. मुरारका बहुमुखी लहानले आज विश्व क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ। कार्यक्रममा ब्यानर सहित प्रध्यापक , विद्यार्थी छात्रछात्रा लगायतका सहभागी थिए।
विश्व क्यान्सर दिवस ( अदुर्ब रोग ) सबै जना एक्यवद्ध रुपमा क्यान्सर संग लडनका लागि चेतनास्वसर भने दिन रहेको छ। प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस नेपालमा पनि मनाउदै आइरहेको छ। विश्वमा लाखौं मानिस क्यान्सरका कारण मृत्युको मुखमा पुग्छ। क्यान्सर वास्तबमै हामी मानिसहरुका लागि एउटा दुर्भाग्य सावित भएको छ।
यो सँगै आजका दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्ध जागरण कसरी फैलाउन सकिन्छ भनि विश्व भरि छलफल गरिरहेका छन। कार्यक्रममा क्यान्सर के हो? , यसबाट कसरी बच्ने , कस्तो उपाय अपनाउने जस्ता बारेमा कार्यक्रम भएको शिक्षण सहायक दिलिप कुमार चौधरीले बताए ।