विसुन देव सरदार लहन २३ पुस। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ र १० बरमझियामा एक दिने स:शुल्क मोतिबिन्दु शिविर भएको छ।
समाज कल्याण युवा समुहको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जनकपुर क्षेत्रिय आँखा उपचार कार्यक्रम तथा जानकी आँखा अस्पताल जनकपुरधाम द्वारा विहीबार सम्पन्न भएको छ। उक्त शिविरमा जम्मा १५४ जनाले आँखा परिक्षण गराएका थिए। त्यसमध्ये ४५ जनामा मोतियाबिन्दु भेटिएको विनोद यादवले जनाएको छ।
मोतियाबिन्दु ४५ सै जनालाई जनकपुरको जानकी आँखा अस्पतालमा अप्रेसनको लागि लगिएको विनोद यादवले वताए ।