शम्भु चौधरी, लहान २८ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय लहानले आफ्नो ७ औँ वार्षिक कार्यक्रम विभिन्न कार्यक्रमका साथ मनाईएको छ। कार्यक्रममा कम्पनीको सेवा, उपलब्धि, आगामी योजना तथा उपभोक्तालाई सहज र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
कार्यक्रमका पूमुख अतिथि लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यका भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार यस संस्स्थामा जेन्जी आन्दोलको क्रममा नसोचेको घटना भएको थियो । त्यति बेला यो संस्था अर्कै स्थानमा सार्ने कुरा चलिरहदा तत्काल पालिकाको सहयोगमा कुर्सी टेबल तथा कमप्युटर सहयोग गरेर फेरी संचालनमा आएको बताए । यसबाट यस एरियाका जनताहरु विशेष रुपमा लाभ लिईरहेको बताए । यसबाट खाधय वस्तु सजिलो रुपमा प्रयाप्त उपलब्ध हुने बताए ।
कार्यक्रममा कम्पनीले खाद्य वस्तुको आपूर्ति तथा व्यवस्थापनमा पुर्याउँदै आएको योगदान, स्थानीय उपभोक्तालाई प्रदान गर्दै आएका सेवा तथा आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा गरेका छन । विशेषगरी चामल, दाल, तेल लगायत दैनिक उपभोग्य खाद्य वस्तुको सहज उपलब्धता, गुणस्तर र उचित मूल्यमा बिक्री–वितरणलाई प्राथमिकतामा राखिने बताइएको छ।
लहान शाखाले सिरहा तथा आसपासका क्षेत्रका उपभोक्तालाई खाद्य सामग्री उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकारी स्वामित्वको खाद्य संस्थानको उपस्थिति महत्वपूर्ण मानिन्छ। यस लहान शाखामा जेनजी आन्दोलनको क्रममा करीब १४ करोड बराबरको क्षति भएको लिमिटेडका प्रमुख निरन्जन नेपालले बताए ।
यस कार्यक्रमले विगतका कार्यको समीक्षा गर्दै आगामी दिनमा पारदर्शी, प्रभावकारी र उपभोक्तामैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । साथै स्थानीय स्तरमा खाद्य सुरक्षा तथा आपूर्ति व्यवस्थालाई थप मजबुत बनाउन शाखाले आफ्नो भूमिका अझ प्रभावकारी बनाउने विषयमा जोड दिनुका साथै वार्षिक कार्यक्रमले कम्पनीको सेवा प्रवाहमा सुधार ल्याउनुका साथै उपभोक्ताको विश्वास अझ बढाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अभिकारी सुरेन्द्र पौडेल, जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष प्रदिप कुमार गुप्ता, अन्य सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहको थियो।

