• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राससको ६५औँ वार्षिकोत्सव प्रतिनिधिसभा विशेष कार्यक्रम सहित सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 19, 2026  मा प्रकाशित

Spread the love
      

लहान ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षिकोत्सव प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै विशेष कार्यक्रम सहित सम्पन्न गरेको छ। उद्योग वाणिज्य संघ लहानको सभाहलमा आयोजित कार्यक्रममा “निर्वाचन आचारसंहिता र सञ्चारमाध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा रासस लहानका प्रमुख सुदिप राउतले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यम अपरिहार्य रहेको उल्लेख गरे। उनले निर्वाचनका बेला सूचना सम्प्रेषण अझ संवेदनशील हुने भएकाले पत्रकारहरूले सत्य, तथ्य र सन्तुलनमा आधारित समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए। “सञ्चार क्षेत्रको सानो कमजोरीले पनि निर्वाचन प्रक्रियामा भ्रम र अविश्वास पैदा गर्न सक्छ,” उनले भने। प्रमुख अतिथिका रूपमा उपस्थित मुख्य निर्वाचन अधिकृत डा। प्रकाश उप्रेतीले निर्वाचन अवधिमा पत्रकारिता अझ जिम्मेवार र मर्यादित हुनुपर्ने धारणा राखे। उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारात्मक सामग्री नप्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। निष्पक्ष र पारदर्शी सूचनाले मात्र मतदातालाई सही निर्णय लिन सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रशासन, सुरक्षा निकाय र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको बताए। प्रहरी प्रमुख बासुदेव पाठकले निर्वाचन सुरक्षाका विषयमा जानकारी दिँदै अफवाह र भ्रामक समाचार नियन्त्रणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे। त्यसैगरी निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवले निर्वाचन प्रक्रियाका प्राविधिक पक्षबारे जानकारी गराएका थिए। नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादवले व्यावसायिक र आचारसंहितामैत्री पत्रकारिताले मात्र स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे। उनले सञ्चारकर्मीहरूलाई निर्वाचनका बेला तथ्य जाँच ९फ्याक्ट–चेक० लाई प्राथमिकतामा राख्न आग्रह गरे।

कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले राससले पाँच दशकभन्दा बढी समयदेखि विश्वसनीय समाचार सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए। राससको ६५ औँ वार्षिकोत्सव निर्वाचनकेन्द्रित विषयमा आयोजना गरिएको यस कार्यक्रमले जिम्मेवार पत्रकारिता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धता पुनः उजागर गरेको सहभागीहरूको निष्कर्ष थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑