• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“जिताएर पठाउनुस् सय दिन भित्र परिवर्तनको अनुभूति दिलाउँछु” : रास्वपा उम्मेदवार

नेपाल पोस्ट दैनिक
    February 18, 2026  मा प्रकाशित

Spread the love
      

वीरगंज ६ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीय मतदाताहरूसँग अन्तरक्रिया गर्दै उनले आफ्ना विकासका योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे ।

घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको जीवनस्तर उकास्ने र भुईँ तहका मानिसहरूको आवाजलाई संसद्मा प्रतिनिधित्व गर्ने बताए । “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ ।”

कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि आरोप लगाउँदै यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय काम नभएको बताए । “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु ।” आफूसँग काम गर्ने अनुभव रहेको र जनतालाई निराश नपार्ने दाबी गर्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । साथै, रास्वपाका सबै उम्मेदवारहरूलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह ९बालेन० लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताए ।

कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै मुस्लिम महिला तथा युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गरेका थिए भने “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा समेत लगाएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑