• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान १३ मा उखु खेतीमा आगलागी

नेपाल पोस्ट दैनिक
    February 17, 2026  मा प्रकाशित

Spread the love
      

लहान ५ फागुन । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठुलो  क्षति पुगेको छ। आगलागीको खबर प्राप्त हुनासाथ नगरप्रमुख महेश चौधरी, वडा नं. – १३ का अध्यक्ष मनोज कोईराला तथा स्थानीय अगुवा कृष्णा महतो घटनास्थल पुगेर पीडित किसानहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन् । स्थलगत अनुगमनका क्रममा आगलागीबाट जलेका उखु बारी, क्षतिको अवस्था र प्रभावित किसानहरूको समस्याबारे जानकारी लिइएको थियो।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट उल्लेख्य मात्रामा उखु बाली नष्ट भएको र किसानहरू आर्थिक मारमा परेको जनाइएको छ। नगरप्रमुख चौधरीले पीडित किसानहरूसँग कुरा गर्दै क्षतिको यथार्थ विवरण संकलन गरी नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

“किसानहरूको मेहनतमा आधारित खेती नष्ट हुनु दुःखद् विषय हो, नगरपालिका पीडितहरूको साथमा छ,” उनले बताए। वडा अध्यक्ष कोईरालाले आगलागीको कारणबारे थप अनुसन्धान गरिने र आगामी दिनमा यस्ता घटनाबाट जोगिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। पीडित किसानहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्।

नगरपालिकाले छिट्टै क्षतिको मूल्याङ्कन गरी राहत वितरण प्रक्रिया अघि बढाउने जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूको घटनास्थलमै उपस्थितिले पीडित किसानहरूमा केही हदसम्म आशा जागेको देखिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑