• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“चुनाव नजिकिँदा गाउँ–गाउँमा भोट माग्न आउने, जितिसकेपछि अनुहारै नदेखाउने” : स्थानीय

नेपाल पोस्ट दैनिक
    February 16, 2026  मा प्रकाशित

Spread the love
      

लहान ४ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनगढी क्षेत्रमा यतिबेला चुनावी माहोल तातिएको छ। यसैक्रममा तेजुला चौधरी नेतृत्वको घरदैलो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री चौधरी मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो कार्यकालका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन्।
घरदैलो अभियानकै क्रममा एक स्थानीयले पूर्व मन्त्री चौधरीलाई खुलेर प्रश्न गरे।

ती स्थानीयको प्रश्न थियो, “चुनाव नजिकिँदा नेता कार्यकर्ता लिएर गाउँ–गाउँमा भोट माग्न आउनुहुन्छ, जितिसकेपछि अनुहारै देखाउनुहुन्न। हामीले समस्या कसलाई सुनाउने ?” स्थानीयको यो प्रश्नले उपस्थित भीडमा केही समय सन्नाटा छायो।
आफ्नो कार्यकालमा गरेका विकास योजनाबारे स्पष्ट पार्दै चौधरीले भने, “कल्याणपुर–गाईघाट सडकको बजेट मैले नै पारेर रेडबुकमा राखेको हुँ, हेर्न सक्नुहुन्छ।” उनले सो सडकको महत्व उल्लेख गर्दै यसले सप्तरी र छिमेकी जिल्लाबीचको आवागमन सहज बनाउने दाबी गरे।

प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री चौधरीले लचिलो र संयमित प्रतिक्रिया दिए। उनले भने, “जनताले उठाएको प्रश्न जायज हो। नेता जनतासँग सधैं जोडिनुपर्छ। म सधैं क्षेत्रकै विकासका लागि काठमाडौं र मन्त्रालयमा पहल गर्दै आएको छु। कतिपय काम देखिन्छन्, कतिपय प्रक्रियामा हुन्छन्।”


त्यस्तै उनले कदामाहा–टिकुलिया सडक र कुशहा–बेलही सडक निर्माणमा पनि आफ्नो पहल रहेको बताए। यी सडकले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
चौधरीले बोदेबर्साइन क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी पनि आफूले नै अघि बढाएको दाबी गरे।

धनगढी क्षेत्रमा भएको यो प्रत्यक्ष संवादले चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ। स्थानीयले उठाएको प्रश्न र पूर्व मन्त्रीको जवाफले नेता–जनता सम्बन्धबारे पुनः बहस सुरु भएको देखिन्छ। अब मतदाताले विकासका दाबी र प्रतिबद्धतालाई कत्तिको विश्वास गर्नेछन् भन्ने कुरा आगामी निर्वाचनले तय गर्नेछ।

“विद्यालय भवन निर्माण, शैक्षिक सामग्री व्यवस्थापन र स्वास्थ्य चौकी स्तरोन्नतिमा मेरो पहल थियो,” उनले भने। स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम अघि बढाइएको उनको भनाइ थियो।
उनले थपे, “राजनीति केवल चुनाव जित्नका लागि होइन, जनताको विश्वास जित्नका लागि हो। म जितेपछि हराउने नेतामध्ये होइन, विकासका काममार्फत सधैं उपस्थित रहने प्रयासमा छु।”

घरदैलो अभियानमा सहभागी स्थानीयले आफ्ना समस्या—सडक स्तरोन्नति, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार—बारे खुलस्त राखेका थिए। चौधरीले ती सबै मागलाई नोट गर्दै आगामी कार्यकालमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑