शम्भु चौधरी लहान २७ माघ। नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति गगन कुमार थापाले सबै मिलि नेपाली कांग्रेसलाई सहयोग गर्न आग्रह गरेका छन । सभापति थापाका अनुसार मेरो अगुवाई सरकार निर्माण भयो भने चैत्र महिना भित्र सानो मंत्रिमंडल तयार गरि नयाँ वर्षको बैशाख महिना देखि मासिक योजना तयार गरि कार्य थालनी गर्ने बताए ।
सप्तरी र सिरहाको विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वहाँले आफ्नो पार्टीको घोषणा पत्र नभई प्रतिवद्धता पत्र तयार हुने बताए । ‘हामी घोषणा होइन संकल्प गर्छौ’ उनले भने, र ‘गरिएका हरेक संकल्प पूरा गर्छौं ।’वहाँले कसैलाई अन्याय हुन नदिने र गलत मान्छेलाई प्रश्रय नदिने समेत प्रतिबद्धता जनाए । देश्को विकासका लागि ५ बर्ष देखि योजना बनाउने काम गरेको उल्लेख गरे ।
सभापति थापा सप्तरीको क्षेत्र १ अन्तर्गत कंचनरुप नगरपालिका, क्षेत्र ३ अन्तर्गत शम्भुनाथ नगरपालिका, क्षेत्र ४ अन्तर्गत सुरुङा नगरपालिकाको कदमाहा तथा सिरहाको लहान नगरपालिकाको लहानमा समेत कार्यकर्ता भेटघाट तथा सम्बोधन गरेका हुन् ।
भेटघाट तथा कार्यकर्ता सम्बोधन कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।