सचिता चौधरी लहान १६ माघ । लोटस इंगलिस बोर्डिगं स्कुल लहान ८ मा ६ दिन देखि भइरहको वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरुको पढाइसँगसँगै मानसिक तथा शारिरिक विकासको महत्व दिँदै उक्त खेलको सञ्चालन गरिएको थियो ।
खेल खेल्दा शरिर स्वास्थ्य, निरोगी, तन्दुरुस्त र फुर्तिलो हुने, पढाइमा प्रति रुचि जाग्ने हुन्छ । खेलकुदले इज्जत र मान सम्मान बढाउँछ । स्कुल स्तरबाट खेलकुद प्रतिको रुची विद्यार्थीहरुमा हुनु खेलकुद प्रतिको सान हो । खेल जगतले देशलाई नाम मात्र होइन सान पनि बढाउने एक माध्यम भएको अभिभावक शम्भु प्रसाद चौधरीले बताए ।
आज समापन खेलमा क्रिकेट, फुटवल, थ्रो बल, व्याड मिन्टन, स्किपिंग, मेमोरी टेस्ट, सिटि बम बलास्ट, बल कलेक्ट इन बकेट, स्पुन मार्वल रेस आदि खेल खेलाई कार्यक्रम सम्पन्न भएको थियो ।

स्कुल भित्र ३० भन्दा बढि र स्कुल बाहिर ७ ओटा जति खेल गरी जम्मा ४० भन्दा बढी खेल भएका इ.सि.ए. कोर्डिनेटर प्रतिमा बुढाथोकीले बताइन् ।
क्रिकेटमा सुजित झा, संजिव चौधरी, लक्ष्मी नारायण मंडल, आनन्द गुप्ता र विवेक यादवले सहजीकरण गर्नु भएको थियोे भने फुटबलमा टंक कोइराला, गुणानन्द चौधरी, केशरकान्त चौधरी र लक्षमण ढुंगेलले सहजीकरण गर्नुभएको थियो ।
व्याड मिन्टनमा किरण झा, नितेश मंडल, कमलकान्त जयसवाल र इन्द्र नारायण सिंहले सहजीकरण गर्नु भएको लोटस स्कुलका शिक्षक नितेश मंडलले बताए ।