शम्भु चौधरी लहान २१ माघ । उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दिउँसो दुई बजे लहान आउँने भएका छन।
लहान आए पछि वहाँ जेन्जी आन्दोलनमा विर गति प्राप्त गरेको लहान १५ का विजय चौधरीको आफन्तलाई भेटघाट गर्ने र त्यस पछि माता राजदेविको दर्शन गरि कार्यकर्ता भेट्घाट तथा मतदाताहरु संग भलाकुसारी गर्ने कार्यक्रम रहेको सिरहा क्षेत्र १ उज्यालो नेपाल पार्टीका उम्मेदवार तारा कुमारी चौधरी बताईन ।
कार्यकर्ता भेटघाटसंगै लहान ३ स्थित रहेको पार्टी जनसम्पर्क कार्यालय उदघाटन जस्ता कार्यक्रमा सहभागी हसने वहाका निजि सचिवालयले बताएका छन ।
सम्बन्धित खबर
ग्रामिण सडक लक्ष्ति गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाद्धरा सचेतना मुलक कार्यक्रम
सिरहाबाट ५३ किलो गाँजा बरामद, भरिया फरार,खोजि कार्य जारी
मोटरसाइकल चोर्ने ६ युवक पक्राउ
सर्लाहीमा बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबान
सप्तरीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
