लहान १ माघ । सिरहा नगरपालिका ७ मैनावती नदी नजिकै हुलाकी राजमार्गको छेउमा खेतमा काम गरिरहेको एक युवकको गोली प्रहारबाट मृत्यु भएको छ।
सदरमुकामदेखि डेढ किलोमिटर दुरीमा रहेको आफ्नो खेतमा घाँस काटिरहेको बेला आज शुक्रबार दिउसो सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवमाथि अपरिचित व्यक्तिहरुले गोली प्रहार हत्या गरेको छ। यादवको छातीमा गोली लागेको प्रहरीले जनाएको छ।
यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।