• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित तीन पक्राउ

नेपाल पोस्ट दैनिक
    October 12, 2025  मा प्रकाशित

Spread the love
      

लहान, २६ असोज । सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जनालाई गोलबजार र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २५ गते राति करिब १० बजेर ५० मिनेटमा गोलबजार नगरपालिका–६ दुर्गा मन्दिर स्थित मेनचोकबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको ँमोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको तौल प्लास्टिक सहित १७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक बाहेक १५ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।
सोही क्रममा प्रहरीले मोटरसाइकल चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका २९ वर्षीया सुनिल साह र पछाडि सवार धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टीका २४ वर्षीया विष्णुदेव यादवलाई नियन्त्रणमा लिएको हो।
बरामद लागु औषध र मोटरसाइकल सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही राति करिब ९ बजे तिर, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७ पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागु औषध (गाँजा) लैजाँदै गरेको समूहमाथि निगरानी गरेको थियो।
प्रहरीलाई देख्नासाथ समूहले बोकेका झोला फालेर भागेको र घटनास्थलबाट ६४.९ किलो ग्राम गाँजा प्लास्टिक सहित बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट भाग्दै गरेको अवस्थामा भारत बिहार राज्य मधुबनी जिल्ला जयनगर बेलही ग्राम पञ्चायत–६ बेलाका ५५ वर्षीय श्रीचन मण्डललाई पक्राउ गरिएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान जारी रहेको र लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑