• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काशीराम ठाकुरको करौडोको जग्गा हडफे, ठाकुर न्यायको खोजिमा

नेपाल पोस्ट दैनिक
    July 19, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, ३ साउन । बरियारपट्टी गाउँपालिका ३ निवासी ५० वर्षीय काशिराम ठाकुरले आफ्नो करोडौं मूल्यको जग्गा हडपिएको आरोप लगाउँदै शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक रूपमा न्यायको माग गरेका छन् । काशिराम ठाकुरका अनुसार वि.सं. २०६९ सालको जेठ महिनामा उनले धनगढीमाई नगरपालिका ५ निवासी रामदेव ठाकुर बडहीसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उक्त रकम २ प्रतिशत मासिक ब्याजदरमा लिएको र त्यसबापत उनले आफ्नो तीन कित्ता जग्गा तथा ४ लाख रुपैयाँ बराबरको तमसुक धरौटी राखेका थिए।

ठाकुरले भने, “ऋण लिएको दुई वर्षपछि जब रकम फिर्ता गर्न गइयो, रामदेव ठाकुरले भने ‘अहिले मलाई फुर्सद छैन, म बाहिर जान लागेको छु, अर्को पटक हिसाब गरौँला।’ तर त्यसपछि पटक–पटक गएपनि उनले पैसा लिन अस्वीकार गर्दै उल्टै अदालतमा झुटो मुद्दा दायर गरे।” धरौटी राखिएको जग्गा रामदेव ठाकुरकी धर्मपत्नीको नाममा रहेको पिडित ठाकुरले जनाए। साथै, रामदेव ठाकुरका छोरा सञ्जय ठाकुर हाल लहानको पशुपति माविको अगाडि कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरिरहेको पिडितको भनाइ छ।

काशिराम ठाकुरका अनुसार हाल धरौटीको रूपमा राखिएको जग्गाको मूल्य एक करोड रुपैयाँभन्दा बढी छ। उनले आरोप लगाए अनुसार आफूसँग सहमति विना उक्त जग्गा तेस्रो पक्षसँग बिक्री गरिसकेको र जब सोबारे बुझ्न जादा, उल्टै साहु पक्षले धाकधम्की दिएको आरोप समेत लगाए। ठाकुरले भने, “गाउँका सरोकारवाला, पञ्चायत, प्रहरी प्रशासन सबैसँग सहयोगको याचना गरेँ, तर कसैले सुनुवाइ गरेन। त्यसैले म मिडियामार्फत देशभरिका नागरिक, सम्बन्धित निकाय र सञ्चारकर्मीहरूसँग मेरो न्यायको लागि आवाज उठाइदिन आग्रह गर्न आएको हुँ।”

पिडित ठाकुर आंशिक शारीरिक अशक्तता बोकेका व्यक्ति हुन्। गरिखाने अवस्था कमजोर रहेको र उनले पटक–पटक साहुको सम्पर्कमा पुग्दा पनि न्याय नपाएपछि अहिले अन्तिम विकल्पको रूपमा सञ्चार माध्यमको शरण लिएको बताएका छन्। समापनमा उनले भने, “१२–१३ वर्षको अवधिमा साहुको जे जति ब्याज भयो त्यो तिर्न म तयार छु। तर मेरो धरौटी राखिएको तीन कित्ता जग्गा र अरू रोक्का गरिएका सम्पत्ति फिर्ता गराइदिनुहोस्। म सरकार, स्थानीय तह, प्रहरी प्रशासन, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरू सबैसँग मेरो न्यायको लागि सहयोगको अपिल गर्दछु।”

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑