• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पीडित यादव अझै न्यायको लागी भौतारी दै

नेपाल पोस्ट दैनिक
    July 11, 2025  मा प्रकाशित

Spread the love
      

सिरहा – एक सामान्य नागरिकले न्याय खोज्दा भोग्नुपर्ने प्रशासनिक बेवास्ता, राजनीतिक पहुँचको आडमा हुने दण्डहीनता र प्रहरी संयन्त्रको पारदर्शितामाथि प्रश्न उठाउने एउटा गम्भीर घटना हालै लहानमा उजागर भएको छ।
नेकपा (माओवादी केन्द्र) का पूर्व जिल्ला सदस्य तथा हाल लहान नगरपालिकाका राजनीतिक सल्लाहकार विजय कुमार गुप्ताविरुद्ध ठगी तथा विश्वासघातको उजुरीमा कानुनी प्रक्रिया अगाडि बढे पनि, पीडित इञ्जिनियर विनित यादव अझै न्यायको प्रतीक्षामा छन्। यो घटना केवल व्यक्तिगत ठगीको मामिला मात्र नभई, राज्य संयन्त्र र नागरिक अधिकारको टकरावको प्रतिनिधिमूलक प्रसंग बन्दै गएको छ। बिजय गुप्ताको अनुसार उनले दावी गरेको रकम फिर्ता गरी सकेको छु र राजनीति पुर्वाग्रह भएर मलाई फसाउन लागेको बताए। गुप्तालाई जिल्ला प्रहरी कार्यालय सिरहाले समान्रय तारीखमा छाडिएका छन्।
विनित यादवका अनुसार २०७६ मा गुप्ताले “आईटी प्रोजेक्ट दिलाइदिन्छु” भन्दै २ लाख ९० हजार रुपैयाँ बुझेका थिए। ६ वर्ष बितिसक्दा न त काम भयो न त रकम फिर्ता। जब यादवले उजुरी दिए, गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता भयो र पक्राउ पुर्जी पनि जारी गरियो। तर, पक्राउपछि उनी ६ घण्टामै “स्वास्थ्य कारण” देखाएर रिहा भएका थिए, जसले प्रशासनिक निष्पक्षताको गम्भीर प्रश्न खडा गरेको छ।
यादवको आरोप अझै चौंकाउने खालको छ। उनी भन्छन्, “प्रहरीले मेरो जानकारी बिना मेरो निजी बैंक स्टेटमेन्ट निकालेर आरोपितलाई जमानत दिन प्रमाण बनायो।” यदि यस्तो भयो भने, यो नागरिकको वित्तीय गोपनीयता उल्लंघनको स्पष्ट दृष्टान्त हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले उजुरी परेको र अनुसन्धान भइरहेको बताएका छन्। तर, ६ वर्षअघिको ठगीमा अझै छिनोफानो नभएको, मुद्दा दर्ता भएर पनि आरोपित खुलेआम “मलाई चिया खान बोलाएको मात्र हो” भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको अवस्था आफैंमा अनुसन्धान प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न खडा गर्छ।
लहान नगरपालिका जस्तो संस्थामा गम्भीर आरोप सामना गरिरहेका व्यक्ति अझै राजनीतिक सल्लाहकारको जिम्मेवारीमा हुनु, स्वच्छ शासन र जनविश्वासको उपहास जस्तो देखिन्छ। पीडित यादवले प्रश्न उठाएका छन् — “यस्ता व्यक्तिले नगरपालिकाको हैसियतको आडमा कति नागरिक ठगेका होलान्?”
यो घटनाले ठगीको कानुनी प्रक्रिया भन्दा बढी, नेपालमा राजनीतिक पहुँच, प्रहरीको प्रभाव र नागरिकको अधिकारको सन्तुलनबारे गम्भीर बहस जन्माएको छ। यदि पीडितकै गोप्य विवरण दुरुपयोग गर्न मिल्छ भने, भोलि अरू कति सामान्य नागरिक यस्तै अन्यायको सिकार हुने?

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑