• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित अधिकारका लागी सरोकारवाला संग छलफल

नेपाल पोस्ट दैनिक
    June 14, 2025  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा- सिराहाको लहानस्थित सम्राट होटलको सभाहलमा शुक्रबार ‘दलित मानव अधिकारको अवस्था र युनिभर्सल पिरियोडिक रिभ्यु (UPR)’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित अधिकारकर्मी रामचन्द्र महराको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी असर्फी सदायको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा दलित अधिकारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधि र सिरहा–सप्तरी क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सिराहा, धनुषा र सप्तरी जिल्लामा दलित समुदाय अझै पनि हरुवा–चरुवा प्रथा र कर्जा बन्धनको चक्रमा परिरहेको अवस्था प्रति चिन्ता व्यक्त गरे।
सन् २०११ मा पारित ‘जातीय भेदभाव तथा छुवाछूत (कु-प्रथा) उन्मूलन ऐन’ कार्यान्वयनमा कमजोरी देखिएको सहभागीहरूको धारणा थियो। “कानुन बने पनि व्यवहारमा लागू गर्न नसके समस्या ज्यूँका त्यूँ रहन्छ,” कार्यक्रममा सहभागी अधिकारकर्मी दुर्गा परियारले भनिन्।
कार्यक्रममा दलित महिलाहरू विशेष रूपमा बहुविध भेदभावको शिकार बनिरहेका, पुनर्निर्माण तथा राहतमा पनि पछाडि पारिएका विषयहरू उठाइयो। सामाजिक, आर्थिक र शैक्षिक रूपमा दलित समुदाय पछाडि पारिँदा पीढी दर पीढी गरिबीको चक्रमा फसेको सहभागीहरूको भनाइ थियो।
सरकारले लोकसेवा र शैक्षिक क्षेत्रमा आरक्षण व्यवस्था गरेको भए पनि त्यो सुविधा पहुँचविहीन दलितसम्म नपुगेको गुनासो पनि कार्यक्रममा उठाइयो। “१३ प्रतिशत आरक्षित सिटमध्ये अधिकांश पहुँचवालाहरूले मात्रै उपयोग गरिरहेका छन्,” अधिकारकर्मी शिवकुमार महराले भने कार्यक्रममा सहभागीहरूले दलित अधिकार संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच सम्म अवाज उठाउने बताए।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑