• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लैङ्गिक हिंसा निवारण कोषको व्यवस्था भए पनि, धेरै पालिकाहरुमा कार्यविधिकै अभावका कारण सेवा दिन बाट बन्चित

नेपाल पोस्ट दैनिक
    March 8, 2025  मा प्रकाशित

Spread the love
      

संजु कुमारी दास हाम्रो सामाजिक संरचना र चलन प्रचलनका कारण तथा आर्थिक रुपमा पछाडी पारीएकै कारण महिलाहरु प्रभावित भई रहेको हुन्छन् । र उनी हरुलाई सहायता गर्न विभिन्न संघ संस्था लगायत तीनै तहका सरकारबाट पनि केही न केही सुबिधाहरु दीनका लागि विभिन्न कार्यविधिहरु तयार गरी संचालनमा ल्याउन अध्यादेश पनि जारी गरीएको छ । तर अहिले पनि विभिन्न पालिकामा कार्यविधि नै नभएको कारणले गर्दा लैङ्गिक हिंसा निवारण कोष, एक द्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० जस्ता कार्यविधि र निकायहरू अहिले पनि सञ्चालनमा छैनन् । जहाँ छ त्यसको पनि सेवा सुविधा प्रभावकारी रूपमा दिने अवस्था छैन । सिराहा जिल्लाको पालिकाहरू मध्ये लाहान र सिराहाको प्रादेशिक अस्पतालमा ओसीएमसीको सुविधा भएपनि प्रभावकारी रूपमा सञ्चालनमा छैनन्। त्यहाँ प्रभावितहरुलाई पठाउँदा जति सेवा सुविधा पाउनुपर्ने पाइरहेको अवस्था छैन ।
मुक्ति नेपालको आयोजनामा गोलबजारमा लैङ्गिक हिंसा सहायता कोषलाई प्रभावित मैत्री बनाउनका लागि छलफल बैठकमा विभिन्न पालिकाका उपप्रमुखहरूको उपस्थिति रहेको थियो। जसमा प्रत्येक पालिकामा यसको व्यवस्था रहेको तर त्यसलाई कसरी चलाउँदै हुनुहुन्छ भन्ने विषयमा चर्चा गर्दा उपमेयरहरूबाटै हाम्रो कार्यपालिकामा यस प्रकारको कार्यविधि नै बनेको छैन वा त्यसलाई कार्यान्वयन गर्न बाँकी रहेको बताइएको थियो। भने कति पालिकाले हामीले यसका लागि बजेट छुट्याए पनि कार्यविधि नै सच्याउनु परेकोले अहिलेसम्म सुचारु गर्न सकेको छैन भन्ने बताउनुभएको थियो। मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महारा ज्यूले प्रत्येक पालिकामा लैङ्गिक हिंसा निवारण कोषको व्यवस्था छ, जहाँ कहिले पनि पैसा रित्तो हुँदैनन्। त्यस्ता व्यवस्थाहरु छन् तर त्यो कतै पनि कार्यान्वयनमा छैनन् । त्यस्तै एक द्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को पनि त्यस्तै अवस्था रहेको बताउनुभएको थियो । यसका साथै हामीले सिराहा जिल्लाको एकमात्र सुरक्षावास सञ्चालनमा ल्याएका छौं । हामीसँग त्यस्ता कुनै बजेट सुरक्षावासका लागि छैन। हामीसँग धेरै प्रभावित महिलाहरु सुरक्षा बासमा आएर सेवा लिरहेका हुन्छन् सिरहा जिल्लाको मात्रै नभई नेपालका धेरै जिल्लाबाट हामी कहाँ प्रभावित आउने गर्छन् त्यसैले सुरक्षावासलाई पनि राम्रोसँग चलाउन तपाईंहरूको साथ सहयोग कस्तो हुन्छ भन्ने प्रश्न गर्नुभएको थियो। साथै यदि तपाईहरुले चाहनुहुन्छ भने हामी सुरक्षावास तपाईंहरूको जिम्मा लगाउन तयार छौं भने पनि बताउनुभयो । त्यस्तै सिरहामा सञ्चालित एक द्वार संकट व्यवस्थापन केन्द्रले प्रभावितलाई एकै ठाउँबाट मनोविमर्ष सेवा, औषधि उपचार, कानुनी परामर्श वा प्रक्रिया वकिलको व्यवस्था सुरक्षाको व्यवस्था सबै एकै ठाउ बाट गर्नुपर्ने भएकोले त्यसको नाम एक द्वार संकट व्यवस्थापन केन्द्र राखिएको हो । तर एक द्वार संकट व्यवस्थापन केन्द्रले प्रभावकारी रूपमा कतै पनि काम गरिरहेको देखिरहेको छैन। पहिलाको व्यवस्था अनुसार ओसिएमसीमा सेवा लिन जाँदा वडाको सिफारिस अनिवार्य लिएर जानुपर्ने व्यवस्था गरिएको थियो। जुन एकदमै झन्झटिलो थियो। तर पछि हामीले एउटा संस्थाबाट पनि पीडितको पहिचान गरिसकेपछि त्यसलाई सहायता गर्नुपर्ने भने सहमति भयो र त्यो प्रभावितहरुका लागि सहज पनि भएको बताउनुभएको थियो। यहाँको सामाजिक संरचनाका कारण प्रभावित महिलाहरु त्यस्ता सिफारिस लिन जाँदा त्यहाँका जनप्रतिनिधिहरुले यो महिलाकै गल्ती होला भनी सहयोग गर्न वा सिफारिस दिन खोज्दैनथ्यो वा मान्दैन थियो र प्रभावित महिला झन् पीडा भोग्न बाध्य हुन्थ्यो। अहिलेको अवस्थामा त्यस्तो छैन तर प्रभावित मैत्री पनि बन्न सकेको छैन ।
गोलबजारकी उपमेयर मान्ती शाहले भन्नुभयो गोलबजार नगरपालिकामा हामीले अहिलेसम्म सात जनालाई जीविकोपार्जनका लागि बिउ पुँजी भनेर १५००० दिएर सहयोग गरेका छौं। जसमा मुक्ति नेपाल बाट सिफारीस गरीएको प्रभावित पनि छन् ।
त्यस्तै कर्जनहा नगरपालिकाका उपप्रमुख लक्ष्मी श्रेष्ठले प्रभावितलाई एक द्वार संकट व्यवस्थापन केन्द्रमा पठाउँदा उनीहरूलाई राम्रोसँग व्यवहार हुँदैनन्। चेकजाँच गरिदिए पनि औषधि किन्न बाहिर पठाउने गरेको पाइएको छ प्रभावितसँग पैसा हुँदैनन् उनीहरुले कसरी उपचार गराउन सकिन्छ । यसलाई प्रभावकारी रूपमा चलाउन ओसिएमसीको फोकल पर्सनसँग बस्न आवश्यक रहेको बताउनुभयो।
पालिकाका उपप्रमुखहरूले अब हामी आआफ्नो पालिकामा यस्ता कार्यविधिलाई पूर्णरूप दिइ सञ्चालनमा ल्याउनेछौं। ताकि हाम्रो पालिकाका प्रभावितलाई हामी राम्रो र प्रभावित मैत्री सेवा दिन सकुन् भने प्रतिबद्धता जनाउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑