• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लोटस स्कुलद्वारा खेलकुदमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन बृहत प्रतियोगिता

नेपाल पोस्ट दैनिक
    March 3, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान –सिरहाको लहान ८ स्थित लोटस इङ्गलिस बोर्डिङ स्कुलद्वारा आयोजित अन्तरविद्यालय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ‘संस्कारसहितको शिक्षा नै आधुनिक समाजको आवश्यकता हो’ भन्ने नाराका साथ विद्यालयले प्रत्येक वर्ष अतिरिक्त क्रियाकलापमा विशेष जोड दिंदै आएको छ।

विद्यालयले विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासलाई प्रवर्द्धन गर्न वार्षिक रूपमा अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष पनि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो, जसमा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरिएको छ। साथै, उनीहरूका अभिभावकलाई पनि विशेष सम्मान गरिएको छ। पुरस्कार वितरण समारोहमा विद्यालयका प्रधानाध्यापक सुदीप चौधरीले खेलकुदको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई निरन्तर प्रतिभा प्रस्फुटन गर्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।


“खेलकुद केवल शारीरिक गतिविधि मात्र होइन, यसले विद्यार्थीमा अनुशासन, सहनशीलता, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्छ,” प्रधानाध्यापक चौधरीले भने।
विद्यालयका भ्वाइस प्रिन्सिपल अरुण चौधरीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीलाई खेलकुदप्रति रुचि बढाउनु र उनीहरूको प्रतिभा उजागर गर्नु हो। “हाम्रो विद्यालयले शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको छ,” उनले भने।


स्थानीय अभिभावकहरू र विद्यालय व्यवस्थापन समितिले पनि यस्तो प्रतियोगिता विद्यार्थीहरूको बहुपक्षीय विकासका लागि महत्वपूर्ण रहेको बताए। विद्यालयले शिक्षाको गुणस्तरलाई कायम राख्दै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने लक्ष्य लिएको छ।

गुणस्तरीय शिक्षाका कारण विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। हाल लोटस इङ्गलिस बोर्डिङ स्कुलमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। प्रतियोगिताको सफल समापनसँगै विद्यालयले आगामी वर्ष पनि अझ भव्य रूपमा खेलकुद कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑