• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षामा सुधार र समानताका लागि प्याब्सन सिरहाको नयाँ नेतृत्व

नेपाल पोस्ट दैनिक
    January 12, 2025  मा प्रकाशित

Spread the love
      

 

महेश सिंह लहान- निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नेपाल, सिरहाको अध्यक्षमा पुनः उमेश चौधरी निर्विरोध चयन भएका छन्। लहान प्यारागन सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका चौधरी ९औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
चौधरीसँगै वरिष्ठ उपाध्यक्षमा उमेश यादव, उपाध्यक्षमा धर्मेन्द्र यादव, सचिवमा सुरेश साह र कोषाध्यक्षमा खगेन्द्र लामा चयन भएका छन्।

शुक्रबार लहानमा सम्पन्न अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले गरेका थिए। प्रमुख अतिथि महतोले निजी विद्यालयहरूले शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै दलित र विपन्न वर्गका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे।
उनले भने, “आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस्। निजी विद्यालयहरूले यसतर्फ ध्यान दिनुपर्छ।”


कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास कुमार शारदाले दलित वर्गका विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न जोड दिए। “मेरा तर्फबाट दुई जना दलित विद्यार्थीको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्नेछु,” उनले भने।
शारदाले निजी विद्यालयहरूले शिक्षकको पारिश्रमिक सुधारमा ध्यान दिनुपर्ने धारणा पनि राखे। “शिक्षकले सम्मानजनक पारिश्रमिक पाउने वातावरण बनेन भने शिक्षाको गुणस्तरमा प्रभाव पर्नेछ,” उनले भने।
अध्यक्ष चौधरीले प्याब्सनले समाज रूपान्तरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। “विपन्न र दलित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिन हामी सदैव तत्पर छौं,” उनले भने। “विद्यालय र संगठन चलाउँदा धेरै चुनौती आउँछन्। तर, यी चुनौतीलाई व्यवस्थापन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउन हामी दृढ छौं।”
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख धनपति भेटवाल, प्याब्सन मधेश प्रदेश इन्चार्ज अनिल झा, विभिन्न संघ-संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो। प्याब्सन सिरहाको यो नयाँ नेतृत्वले शिक्षा क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑