महेश सिंह लहान – लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मंच लहानको संयुक्त आयोजनामा लहानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन ईलाका प्रहरी कार्यालय लहान, लायन्स क्लबका LCIF कोअर्डिनेटर तथा मारवाडी युवा मंच लहानका अध्यक्ष राहुल सारडाको विशेष भूमिका रहेको थियो।
लायन्स इन्टरनेशनल ३२५ एफका GET कोअर्डिनेटर चक्रपाणि दाहाल, क्लबका चार्टर प्रेसिडेन्ट राकेश झा, गायत्री परिवार लहान, ब्रह्माकुमारी सेवा केन्द्र लहान, प्याब्सन सिरहा लहान, पतञ्जली योगपीठका अध्यक्ष डा. बीपी चौधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लहानका सभापति फुलेस्वर महतो, रक्तदान कार्यक्रम संयोजक प्रदीप कुमार यादवलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फुलबारी क्लिनिकका संचालक डा. रितेश गिरि, पंचांग आयुर्वेद केन्द्रका डा. मिथिलेश कुमार सिंह, एलआरएल ल्याबका संचालक विजय कुमार यादव, सरगम एफएमका संचालक फिरोज शेख, पत्रकार महेश सिंह, लायन्स क्लबका सदस्यहरू र स्थानीय व्यक्तिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएका छन्।
कार्यक्रमका सहभागीहरूलाई लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले विशेष धन्यवाद व्यक्त गर्दै समाजसेवाका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।