• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान सिटी जेसिजले बर्षा भरीमा ६७ कार्यक्रम गरी सप्ताह कार्यक्रम समापन गर्यो

नेपाल पोस्ट दैनिक
    December 10, 2024  मा प्रकाशित

Spread the love
      

लहान, सिरहा – लहान सिटी जेसिजले सफलतापूर्वक ६७ वटा कार्यक्रम आयोजना गर्दै जेसिज सप्ताह कार्यक्रमको समापन गरेको छ। समापन समारोहमा जेसिजका पुर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, र विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष उमेश चौधरीले लहान शाखाले नेपाल जेसिजलाई छुट्टै पहिचान दिन सफल भएको बताए। उनले २०२५ मा आउने अध्यक्षले यस पहिचानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। साथै, राम्रो नेतृत्व विकासका लागि युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
जेसिजका वर्तमान अध्यक्ष उमेश यादवले वर्षभरिका कार्यक्रमहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै, ६७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए। उनले आफ्नो टिमको क्षमता र लगनशीलताका लागि प्रशंसा गर्दै समाजको सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने विश्वास व्यक्त गरे।
पुर्व अध्यक्ष फिरोज शेखले लागुऔषध र खुट्टी खोलासम्बन्धी दुई कार्यक्रमलाई वर्षकै उत्कृष्ट कार्यक्रमको रूपमा उल्लेख गरे। उनले केही कमजोरीहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुधारको माग पनि गरे।
पुर्व अध्यक्ष शंकरप्रसाद गुप्ताले आफ्नो कार्यकालमा २८ वटा कार्यक्रम सम्पन्न गरेको उल्लेख गर्दै, जेसिज नाइट कार्यक्रमलाई प्रभावकारी बनाएको स्मरण गरे।
पुर्व अध्यक्ष जितेन्द्र चौधरीले जेसिजले सामान्य मानिसलाई समेत सदस्य बनाउनुपर्नेमा जोड दिँदै, यसलाई महँगो र खर्चिलो बनाउने प्रवृत्तिलाई रोक्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि राकेश झाले जेसिजले चुनौतीपूर्ण कार्यहरू गर्न सक्ने क्षमता रहेको बताए। उनले मधेस प्रदेशको शिक्षा र पर्यावरण संरक्षणजस्ता मुद्दाहरूलाई प्राथमिकतामा राख्दै सहकार्य र सहमति आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा जेसिजले आर्थिक कोष स्थापना गरेको जानकारी दिइयो। कार्यक्रमको सञ्चालन महासचिव देबन लाल ठाकुरले गरेका थिए। अध्यक्ष उमेश यादवले कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै समारोहको औपचारिक समापन गरेका थिए।कार्यक्रमले समाज विकासका लागि जेसिजको योगदान र आगामी चुनौतीहरूको समाधानमा केन्द्रीत हुनुपर्ने महत्त्वपूर्ण सन्देश दिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑