सिरहा — नेकपा एमाले नवराजपुर गाउँपालिकाले विजयादशमी, शुभ दीपावली, छठपर्व र इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नेकपा एमालेका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो। नेकपा एमालेका नेता सुरेन्द्र कुमार यादवले बर्तमान स्थानीय सरकारको जनतालाई दुख दिने घिर्नित ब्यवहारलाई एमालेले स्वीकार नगर्ने चेतावनी दिए।
जिल्ला कमिटी सदस्य दिपेन्द्र कुमार यादवले स्वागत मन्तव्य दिँदै अबको निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताए। उनले भने, “जनताको साथले अब एमालेको सरकार निर्माण हुने विश्वास लिएका छौं।”
पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले मधेसको विकासमा एमालेले उच्च प्राथमिकता दिएको बताए। उनले हुलाकी सडक, नाली निर्माण, पालिका भवन निर्माणलगायत संरचनालाई संघीय सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले सुनकोसी कमला डाइभर्सन परियोजना मधेसको कृषि उत्थानका लागि महत्वपूर्ण रहेको बताए।
त्यसैगरी, मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले प्रदेश सरकार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माणमा जुटिरहेको बताए। कार्यक्रममा सिरहाका प्रमुख नेताहरू, सांसदहरू, र विभिन्न नगरपालिका प्रमुखहरू सहभागी थिए। उनीहरूले सिरहाको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
आयोजक कमिटीका अध्यक्ष कपिल देव यादवका अनुसार, कार्यक्रम युवा नेता तथा जिल्ला समिति सदस्य दिपेन्द्र कुमार यादवको नेतृत्वमा सम्पन्न भएको थियो। एमाले नेता नवीन कुमार यादवले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा पुराना र समर्पित कार्यकर्ताहरुलाई दोसल्ला ओढाएर प्रमुख अतिथि श्रेष्ठ र मन्त्री सिंहले सम्मानित गरे। केन्द्रिय नेताहरुको उपस्थिति र स्थानीय नेताहरूको सक्रियताले सिरहाको नवराजपुरमा एमालेको पकडलाई अझ बलियो बनाएको छ।