लहान २५ बैशाख – सिरहाको लहानमा पछिल्लो लामो समय देखि लहान १ मा जनताको सेवाको भावनाले स्थापना भएको एनएमवी बैंकले शाखा कार्यालय स्थापना भएको छ्।लहान १ स्थित संचालनमा आएको एनएमवी बैंकले सेवाग्राहीको हकमा घातक बनेको स्थानीय बैंक पीडितहरुले बताएका छन्।
स्थानीय राम कुमार महतोले पछिल्लो केहि बर्ष अगाडी २ करोड ७९ लाख रुपैयाँ घरायसी र बिजनेस ब्यापार प्रयोजनको लागी ऋणि बनेका महतोले अहिले बैंकको मानसिक तनावले एनएमबी बैंकको सेवा ग्राहीहरुले आत्महत्या गर्न बाध्य बनाउने गरेका छन्।
देशमा पछिल्लो केहि बर्ष देखि आर्थिक संकट र आर्थिक चलायमान नभएको कारण ठुल ठुला उधोगी ब्यापारीहरु आर्थिक मन्दाको कारण घर चलाउन र ब्यापार जोगाउन हम्य हम्य भएका छन्। बैंकका पटकपटकको तागेदा र मानसिक यातनाको कारण ऋणि ब्यापारीहरु आत्महत्या गर्न बाध्य बनाउने गरेका छन्।
एनएमवी बैंक लहान ब्रान्चका प्रबन्धक राजेश कर्णले ऋणिको घरमा कर्मचारी पठाएर महिला महिलाहरुलाई मानसिक यातना दिने गरेको र विभिन्न किसिमको धाक धम्की र घर लिलाम गर्ने कुरा भनेर तरसाउने गरेका छन्।
ऋणिलाई उठिबास गराउन र सुखुम्बासी बनाउने गलत मन्सायले जग्गा ब्यापारीहरुसंग आर्थिक प्रलोभनको प्रभावमा परेर ऋणिको घर लिलामी प्रक्रियामा लैजाने गरेको बैंकको केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छौं। यस्ता कर्मचारीहरुलाई अबिलम कानुनी कार्वाहीको लागी अपिल गरेका छन्।
सन्दर्भ स्थानीय राम कुमार महतोलाई बैंकको मान्सिक तनावले गर्दा आत्महत्या गर्न प्रोत्साहित गर्ने एनएमबी बैंकले मृत्युको मुखबाट बचाउन बैंक एशोसिएशन संघर्ष समितिका प्रमुख ब्यक्ती नरेश कुमार साह,सिरहा जिल्ला अध्यक्ष दिपेन्द्र साह, सचिब मनोज साह खडग नारायण चौधरी, लगायतका संघर्ष समितिले सोमबारको दिन एक समूहले लहान शाखा पुगेका थिए।
पीडित महतोका अनुसार आफू खाएको ऋण तिर्ने भन्दै आर्थिक मन्दाको कारणको किस्ता तिर्न कठनियाई भएको र समय अबधी र ऋण तिर्ने वातावरण मिलाई दियो भने ऋण तिर्न सक्षम रहेको बताए। यता किस्ता रोकिदा केन्द्रिय कार्यालयको सरकुलर अनुसार महतोले धितोमा राखिएको करिब ७ करोडको घर जग्गा सहित लिलामी डाकको प्रक्रिया अगाडी बढाईएको छ्।
लिलामी प्रति संघर्ष समितिको ध्यानाकर्षण हुँदा संघर्ष समितिको टिमले पीडित महतोको न्यायका लागी बैंकलाई दबाब दिन कार्यालय पुगेका थिए। बैंकले समयमा सुधरिएन भने सम्पुर्ण बैंकमा तलाबन्दी सडक आन्दोलनमा जाने नरेश साहले बताए।