महेश सिंह सिरहा लहान २१ पौष -हिन्दु सनातन धर्म रक्षाको लागी सिरहाको सोनवर्षा चौकमा धर्म रक्षानिधी समर्पण कार्यक्रम सम्पन्न भएको छ।बिश्व हिन्दु परिषद नेपालले आयोजना गरेको बृहत कार्यक्रममा हिन्दु धर्मावलम्बीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिको सचिब शिवदेब साहले जानकारी दिनु भयो।
कार्यक्रममा सयौं हिन्दु धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो।बिश्व हिन्दु परिषद नेपालको जिल्ला सचिब शिव देब साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउँपालिकाको उपाध्यक्ष पुनम कुमारी यादव, बिशिस्ट अतिथि नेपाल सरकारको पुर्व डि.आजी. राजेन्द्र प्रसाद चौधरी,नापी बिभाग माहानिर्देश राम नरेश सिंह,संन्त मार्ग निर्देशक मण्डलको राष्ट्रिय सचिब लक्ष्मण दास लगायतका अतिथिहरुको उपस्थिति रहेको जय माँ हजारी बोर्डिङ्ग स्कुलका प्रीन्सिपल लक्ष्मण रायले जानकारी दिनु भयो।
प्रमुख अतिथि पुनम यादवले हिन्दु धर्म जस्तो संस्कार कुनै धर्ममा नरहेको भन्दै जन्म देखि मान्दै आएको सनातन हिन्दु धर्मलाई रक्षा गरेर आउने पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रै रहेको चर्चा गर्दै पालिकाबाट २५ % प्रतिशत बजेट मठ मन्दिर र धार्मिक कार्यको लागी छुट याएको उपाध्यक्ष पुनम कुमारी यादवले बताए।
कार्यक्रममा बिश्व हिन्दु परिषद नेपाल कुनै राजनीति पार्टी होन्न,यो पुर्ण रुपमा सनातन हिन्दु धर्म रक्षा सम्बर्द्धनको लागी एक धार्मिक संगठन हो।कार्यक्रममा बिश्वहिन्दु परिषद नेपालको नवराजपुर गाउँ पालिका संयोजक शिबराम यादव सह- संयोजक पवन यादव,सिरहा जिल्लाका प्रचार प्रसार प्रमुख महेश सिंह महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उदेश्य समाजिक बिकृती जातीय छुवाछूत अनत्य हुनुपर्ने कुलतमा लागेका युवा पुस्ताले आफनो धर्म प्रति आस्ताबान रहन सनातन हिन्दु धर्म रक्षाको लागी अवाज बुलन्द गर्न, समतामूलक समाज निर्माण गर्ने,गाई हत्या बन्द गर्न यस्को मुख्य उदेश्य रहेको शिवदेव साह जानकारी दिनु भयो। आउने दिनमा प्रत्येक स्कुलमा ठुलो अभियानको रूपमा अगाडी बढाउने बताए।